सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आन्भी प्रोडक्सनले जोरपाटी स्थित आफ्नै कार्यलयमा मनायो दोस्रो वार्षिकोत्सब

काठमाडौ । आन्भी प्रोडक्सनले आफ्नो दोस्रो वार्षिकोत्सब मनाएको छ । जोरपाटीस्थित आन्भी प्रोडक्सनको आफ्नै कार्यलयमा एक कार्यक्रमबिच वार्षिकोत्सब मनाइएको हो ।

नेपाल तामाङ कलाकार संघका अध्यक्ष, गायक एंव संगीतकार विश्व दोङको प्रमुख आतिथ्यता, तामाङ डाजाङका अध्यक्ष, गायक एंव गीतकार फुलकुमार बम्जन र गायक एंव गीतकार जीवन बम्जनको विशेष आतिथ्यतामा आन्भी प्रोडक्सनका अध्यक्ष , मोडल एंव निर्देशक अभि लामा र आन्भी प्रोडक्सनका प्रबन्ध निर्देशक एंव मोडल अनिता लामाले संयुक्त रुपमा केक काटेका थिए ।

विशेष अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै गायक एंव गीतकार जीवन बम्जनले आन्भी प्रोडक्सनलाई शुभकामना दिँदै आगामी दिनमा थप उचाइ लिने विश्वास व्यक्त गर्नुभयो । हालसम्मको अथक मेहनत र परिश्रमले आन्भी प्रोडक्सन यहाँसम्म आएको र सांगीतिक क्षेत्रमा ठूलो योगदान दिएको बताए ।

त्यसैगरी तामाङ डाजाङका अध्यक्ष, गायक एंव गीतकार फुलकुमार बम्जनले आन्भी प्रोडक्सनसंग विगतका दिनमा पनि सहकार्य गरेको र आगामी दिनमा पनि प्रोजेक्टहरुमा जोडेर काम गर्ने बताए । अध्यक्ष बम्जनले गीत संगीतले जनस्तरमा ठुलो सन्देश लिएर जाने र आन्भी प्रोड्क्सनको कार्यलाई प्रसंसा गरे ।

कार्यक्रममा आन्भी प्रोडक्सनका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी, नेपाल तामाङ कलाकार संघका अध्यक्ष, गायक एंव संगीतकार विश्व दोङ ज्यूले आन्भी प्रोडक्सनसँग निरन्तर काम गर्दै आएको र आगामी दिनमा पनि सहकार्य र सहयोग रहिरहने बताए ।

अध्यक्ष दोङले आन्भी प्रोडक्सनले सयौ वार्षिकोत्सब मनाउन सकियोस भनि शुभकामना दिए । आन्भी प्रोडक्सनका अध्यक्ष र प्रबन्ध निर्देशक अनिता गोलेले आन्भी प्रोडक्सनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ सहयोग र हौसला प्रदान गर्नुहुनेहरुप्रती धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा कलाकार, पत्रकार, समाजसेविहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी विवेक लोप्चनले गरेका थिए ।

“नाच्न मन लाग्यो मलाई” सार्वजनिक

आन्भी पोडक्सनले आफ्नो दोस्रो वार्षिकोत्सबको क्रममा पासाङ डोल्मा पाखृनको “नाच्न मन लाग्यो मलाई” बोलको गीत सार्वजनिक गरेका छन ।

सुमिना लोको आवाज, जोगलाल लामाको संगीत र संगीत संयोजन, रहेको गीतलाई पासाङ डोल्मा पाखृनले लेखेकी हुन ।

दिपेश प्रधानले मिक्सीङ गरेको म्युजिक भिडियोलाई विशाल थापाले छायांकन,फराज अर्पणले कलर र सम्पादन, आन्भी प्रोडक्सनका अध्यक्ष , मोडल एंव निर्देशक अभि लामाले निर्देशन गरेका हुन ।

उक्त म्युजिक भिडियोमा अभि लामा,अनिता गोले, पूजा तामाङको अभिनय रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »