सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”आप्पाकी छाेरी” बाट गायक चन्द्र कुमार दाेङकाे पुनःआगमन

काठमाडौँ । तामाङ समुदायमा स्वर सम्राटको रूपमा चीरपरिचित सफल गायक चन्द्र कुमार दोङको लामो समय पछि “आप्पाकी छोरी” म्यूजिक भिडियो सार्वजनिक भएको छ । शब्द संगीत गायक चन्द्र कुमार दोङ र गायिका पूजा तामाङको सुमधुर आवाजमा समेटकाे म्यूजिक भिडियोमा प्रतिक ङ्यासुरको निर्देशन तथा कोरियोग्राफ रहेको छ ।

“आप्पाकी छोरी” म्यूजिक भिडियोमा मोडल निरन्जली लामाको प्रमुख भुमिका रहेको छ ।

भिडियोलाई नजिकबाट नियाल्ने हो भने मोडल निरन्जली लामाले यो म्यूजिक भिडियोलाई न्याय दिन सफल भएका छन् तापनि कता-कता प्राविधिक पक्ष भने कमजोर हो कि भन्ने जो कसैलाई पनि लाग्न सकिन्छ । कोरियोग्राफर ङ्यासुरको प्रयासलाई भने फितलो नजरले हेर्नु हुँदैन ।

दुई छोरीले आप्पालाई तामाङ टोपी लगाएर सम्मानका साथ संगीतको दक्षिणा लिएको शुरुवाती भिडियोको दृश्यले कोही कसैको मन छुन्छ नै । गायक तथा संगीतकार चन्द्र कुमार दोङको शब्द रचनाको कौशलताको फाइदा भने गायिका पुजा तामाङले लिन खोजेको छ भन्दा फरक पर्दैन ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिक बोम्जनले गायक चन्द्र कुमारको पुन: आगमनले तामाङ समुदायमा खुशीको घण्टी बजेको बताउनु भयो भने नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविन बलले तामाङ समुदायको प्रमुख सम्पति नै गीत संगीत भएको बताउनु भएको छ ।

हाम्रो “मिसन समृद्ध” नेपालका अध्यक्ष तथा पत्रकार सुदिन लामा दोङले कार्यक्रमलाई सुन्दर ढंगले संचालन गरेका थिए ।

कोरोना कहरको बीचमा पनि ज्यानको जोखिम मोलेर कार्यक्रममा आइदिएकोमा र “आप्पाकी छोरी” म्यूजिक भिडियोलाई माया गरेर हेरिदिनका लागि गायिका पूजा तामाङले धन्यवादका साथ सबैमा अनुरोध गर्नु भएको छ ।

गीत सुन्नका लागि

भर्खरै

सम्बन्धित खबर

Language »