सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफुले प्रयोग गरेको गाडी सामाजिक काममा प्रयोग गर्न दिने माडी उप प्रमुख तारा कुमारी काजी महतोको घोषणा

डिलकुमारि नेपाल,पुनम लामिछाने , चितवन / माडी नगरपालिका उपप्रमुख ताराकाजी महतोले गर्ववती महिला साथै अरु कोभिडका बिरामिहरुलाई स्वास्थ्य समस्या परेमा नगरपालिकामा आफुले प्रयोग गर्दै आएको  सवारि साधन निशुल्क उपलब्ध गराउने घोषणा गर्नु भयो ।

 कोरोना संक्रमणको अवस्थामा आबश्यक मात्रमा एम्बुलेन्स उपलब्ध नहुने भएकाले अति संवेदनशिल अबस्थाका गर्भवती , सुत्केरी लगायतका स्वास्थ्य समस्यामा परेका महिलाहरुलाई आफुले प्रयोग गर्दै आएको साधन नै उपलब्ध गराउने  जानकारि दिनु  भयो ।

माडि नगरपालिका उपप्रमुख महतोले आफ्नो फेशबुक पेज मार्फत सम्पुर्ण माडीबासी लाई कोभिड १९ को यो माहामारिमा सबै जना सुरक्षीत रहन र स्वास्थ्य मापदण्डलाई पालना गर्न अनुरोध समेत गनुभएको  छ।

आफु बच्न र अरुलाई पनि बचाउन तथा कोभिड सङ्क्रमितहरुलाई स्वास्थ्यलाभको कामना गदै कोहि पनि  पिडित नहुन भन्ने उहाँको भनाई छ । उहाले यो माहामारिको बेला अति संबेदनशिल अवस्था गर्भवती , सुत्केरी , नवजात शिशु ,जाँच वा उपचारको अवस्थामा कुनै बेला एम्बुलेन्स नपाईने भएकोले यस्तो अवस्थामा अस्पताल पुग्न सकिएन भने आमा र बच्चा दुबैलाई खतरा हुने भएकोले यदि त्यस्तो समस्या परेमा मलाई खबर गर्न भनि अपिल समेत गर्नुभएकोछ ।

उपप्रमुख महतोले माडी नगरपालिकाको मैले प्रयोग गर्दै आएको गाडी मार्फत सहयोग गर्ने जनाउदै समस्यामा परेकाहरुले आफ्नो मोबाइल नम्बर समेत दिनुभएको हो । गाडी चालक हिरा कार्कीको मोबाइल नंबर ९८६४२६३१८३ तथा ९८५५०४८३०६  मा खबर गर्न अनुरोध समेत सबैलाई जानकारि गराउनु भएको हो ।

आफ्नो फेसबुक मार्फत उपप्रमुख महतोले गरेको घोषणाले माडीवासी खुशी भएका छ्न भने सोहि गाउँमा हरेक चोक चोकमा उहाँको प्रशंसा  समेत चलन थालेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »