सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफु बिरुद्ध तथ्यहिन र भ्रामक समाचार बाहिरिएको स्टार अस्पताल को दाबी

केहि दिन देखी आफ्नो अस्पताल बिरुद्ध नियोजित रुपमा भ्रामक समाचार हरु आईरहेको भन्दै स्टार अस्पतालले आज पत्रकार तथा सरोकार वाला हरुसँग एक अन्तरकृया कार्यक्रम गरेको थियो ।
बिभिन्न माध्यम बाट यस्ता कुराहरु बाहिर आएपछी स्वास्थ्य मन्त्रालयले स्प्रस्टिकरण मागेको थियो । जुन जुन आरोप अस्पताल माथी लागेको थियो त्यो सबै झुठ साबित भई सकेकोले सबै संबन्धित सरोकार वाला तथा मिडियाकर्मी मा भ्रम नरहोस भन्न का खातिर यो कार्य क्रम आयोजना गरिएको यस अस्पताल का कार्यकारी प्रमुख किशोर महर्जन ले बताएका छन् ।
कार्यक्रम मा पत्रकार , सरोकार वाला , अस्पताल को तर्फ बाट कोभिड टिम का प्रमुख डा. अनिल पोख्रेल र मेडिकल प्रमुख डा .शैल रुपाखेती को पनि उपस्थिती रहेको थियो ।
पत्रकार हरु संग कुरा कानी गर्दै अस्पताल का कार्यकारी प्रमुख महर्जन ले जसले जे आरोप लगाए पनि आम नागरिक को स्वास्थ्य माथी आफुले कुनै पनि खेलवाड नगरेको हुनाले नै १४ बर्ष सम्म यो अस्पताल गतिशिल आवस्था मा रहेको बताए ।
सबै कुरा प्रेस बिज्ञप्ती मार्फत आएको ले केहि कुरा स्प्रस्ट नभए अस्पताल प्रशाशन मा संपर्क गर्न भनिएको छ ।
अस्पताल ले जारी गरेको प्रेस बिज्ञप्ती :

                            प्रेस विज्ञप्ती

विगत १४ वर्ष देखि संचालित यस स्टार अस्पताल लि. ले अनवरत रुपमा गुणस्तरीय स्वास्थ्य सेवा विभिन्न विद्माहरुमा पु¥याँईरहेको यहाँहरु सबैलाई अवगत नै छ । त्यसै क्रममा कोभिड–१९ को कहालिलाग्दो महामारी शुरु भएयता यस अस्पतालले कोभिड–१९ का बिरामीहरुलाई शुरुवात देखिनै उच्च गुणस्तरीय सेवा प्रदान गरिआएको छ । कोभिड–१९ को नयाँ संक्रमणले ल्याएको नयाँ र डरलाग्दो परिस्थीति संग लड्न यस अस्पतालले यो महामारीको शुरुको क्रम देखिनै स्वास्थ्य मन्त्रालय लगायतका विभिन्न निकायसंग समन्वय गर्दै यस महामारीसंग जुद्धै आएको छ । त्यसै क्रममा असार २९ गते देखि यस अस्पतालले RT-PCR जाँचको लागि आवश्यक पुर्वाधार निमार्ण गरेपछि RT-PCR गर्नका लागि स्विकृती पाई अहिले सम्म ७८,०००RT-PCR गरिसकेको यहाँहरुलाई अवगत गराउँन चाहान्छौँ । तर केहि दिन यता विभिन्न संचारमाध्यम मार्फत हाम्रो अस्पतालको नाम जोडेर टेस्ट नै नगरी नक्कली रिपोर्ट दिइएको भन्ने गम्भीर आरोप सहितको समाचारहरु प्रति यस अस्पतालको गम्भिर ध्यानाकर्षण भएको र यसै अन्तरक्रिया मार्फत यस अस्पतालको आधिकारीक धारणा राख्न चाहन्छौँ ।
विभिन्न संचारमाध्यमबाट स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयलाई नागरिक उडड्यन मन्त्रालयले पठाएको चिठ्ठीको हवाला दिई छानविन हुनु अगावै हाम्रो अस्पताल लगायत अन्य ल्याबहरुले नक्कली रिपोर्ट दिएको भन्ने जस्ता सत्यतथ्य बिनाको आरोपले हाम्रो मान प्रतिष्ठा र मनोबलमा आघात पु¥याएको छ । स्वास्थ्य मन्त्रालयको छानविन टोलीले गरेको निरिक्षणमा स्वाब नै नलिकन रिपोर्ट दिईएको भन्ने गलत भएको र टेस्ट नै नगरी रिपोर्ट दिइएको भन्ने जस्ता आरोप पनि गलत रहेको पुष्टि भैसकेको र उक्त प्रतिवेदन स्वास्थ्य मन्त्रालयले चाँडै नै सार्वजनीक गर्नेछ भन्ने विश्वास पनि यस अस्पतालले गर्दछ । RT-PCR को टेस्टका रिजल्ट र रिपोर्टहरु मेसिनको डाटा क्लाउडमा सधैँ रहिरहनाले पनि जुनसुकै बेला उक्त रिपोर्ट हेर्न सकिने यहाँहरुलाई अवगत गराउँदछौँ । हाम्रो अस्पतालले EQA (External Quality Assessment) को निम्ती राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा १० नेगेटिभ र १० पोजेटिभ स्वाब पठाउने गरेको र यस यति पठाईएको स्वाबमा ३ वटा स्वाब उक्त हङ्गकङ्ग जाने मध्येको नेगेटिभ स्वाब रहेको र त्यस नेगेटिभ स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको EQA मा नेगेटिभ आएकोले सम्बन्धीत व्यक्ति उक्त स्वाब दिइएको समयमा नेगेटिभ नै रहेको पुष्टी हुन्छ । उक्त स्वाब अहिले पनि हाम्रो प्रयोगशालामा सुरक्षित रहेको जानकारी पनि गराउँदछौँ ।
RT-PCR रिपोर्ट आफैमा १००% accurate जाँच नभएको र यसको विश्व भर नै accuracy ६७% – ७०% रहेको एवं कुनै पनि व्यक्ति स्वाब दिँदा संक्रमणको विन्डो पिरियडमा रहेको बेला नेगेटिभ आउन सक्ने तथ्यलाई नकार्न सकिदँैन । त्यसैले स्वाब दिईसकेपछि यात्रा गर्ने समयमा संक्रमण हुन सक्ने तथ्यलाई पनि नकार्न सकिदैँन । त्यसैले यसै विज्ञप्ती मार्फत यो नक्कली रिपोर्ट प्रकरणमा यस अस्पतालले कुनै पनि रिपोर्ट नक्कली नदिएको र उक्त कुरा छानविन समितीले पनि औल्याई सकेकोले राष्ट्रको चौथो अङ्ग र जिम्मेवार मिडिया मार्फत सत्यतथ्य रुपमा हाम्रो भनाई राखिदिनुहुन अनुरोध गर्दछौँ ।
धन्यवाद !
– स्टार हस्पिटल लि.

भर्खरै

सम्बन्धित खबर

Language »