सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफै रातदिन खटिएर विपन्नका परिवारलाई लागि राहातका पोका बनाउन व्यस्तछन् -पुर्व शहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राई

नेपालगन्ज, बाँके क्षेत्र नम्बर २ का सांसद तथा पुर्व शहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईलाई अहिले सबैभन्दा बढी चिन्ता लकडाउनका कारण रोजगार गुमेपछि दुई छाक टार्न समस्यामा परेका स्थानीय वासिन्दाको छ ।

कोही पनि गरिब, विपन्न र असहायको घरमा खाने कुराको समस्या नहोस भन्ने उदेश्यका साथ उहाँले खाद्यान्न वितरण गरिरहनु भएको छ ।


यस संकटको घडीमा कसैलाई समस्या नपरोस भन्ने मनसायले उहाँ आफै खाद्यान्न प्याक गर्ने काममा दिनरात खटिनु भएको छ । रातदिन नभनि उहाँ चामल र दाल प्याक गर्ने कार्यमा खटिनु भएको छ ।


लकडाउन बढ्ने र दैनिक ज्यालादारी गरेर खानेहरुलाई समस्या पर्ने पुर्वानुमान गरेर नै सांसद राईले चैत १४ गते नै विज्ञप्ती प्रकाशित गरेर अवस्थाको विश्लेषण गर्दै राहात वितरणको तयारी शुरु गरेको जानकारी सर्वसाधारणलाई गराउनु भएको थियो ।


सोही दिन उहाँले प्रधानमन्त्रीलाई पनि एक अनुरोध पत्र लेखेर सबै बजेट कारोना विरुद्धको लडाईमा खर्च गर्न सुझाव दिनुका साथै सांसद, मन्त्री, प्रधानमन्त्री लगायतको एक बर्षको आधा तलब कटौती गर्नुृपर्ने सुझाव पनि दिनु भएको थियो ।


लकडाउन शुरु भएको अहिले १९ दिन पुगिसकेकोले हालसम्म राहात नपाएकाहरुलाई खोजी खोजी राहात बाड्ने काम पुर्वमन्त्री राईले शुरु गर्नु भएको छ । शुरुबाटै आवश्यकता परेकाहरुलाई राहात दिंदै आउनु भएका उहाँले अहिले सो कार्यलाई निककै तिव्र पार्नु भएको समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले बताउनु भयो ।


उहाँले भन्नुभयो, पुर्व मन्त्रीज्यूले दिनरात नभनि आफै खटिएर चामल दाल भर्ने र पोका बनाउने काम गरिरहनु भएको छ । हामीले विपन्नको घरघरमा पुगेर खाद्यान्न दिईरहेका छौं ।


यद्यपि नेपालगन्जमा विभिन्न वडा र अन्य व्यक्ति तथा संस्थाहरुले पनि राहात वितरण गरिरहेका छन् । तर, वडाले वितरण गरेको राहात निष्पक्ष नभएको तथा केही वडाले गुणस्तरहीन कुहिएको खाद्यान्न वितरण गरेको पाईएको छ ।


वडाहरुले वितरण गरिरहेको देखिएपनि पाउनु पनेृ अधिकांशले राहात नपाएको गुनासो बढ्दै गएपछि अहिले आएर राहात वितरणलाई तिव्र पारिएको पुर्व शहरी विकास मन्त्री राईले बताउनु भयो ।


उहाँले बाँके क्षेत्र नम्बर २ का कुनैपनि गरिब, विपन्न र असहायको घरमा खाद्यान्नको समस्या नहोस भन्ने उदेश्यका साथ आफै खटिएर खाद्यान्न वितरणलाई तिव्र पारिरहेको बताउनु भएको छ ।
सांसद राईले संघिय सरकारले बनाएको मापदण्ड बमोजिम स्थानीय सरकारहरुले राहात वितरण गरेको भए ककुनै पनि समस्या आउने थिएन भन्नु भयो ।

उहाँले अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको रोग र भोकले जनतालाई जोगाउनु भएको बताउनु भयो । राहात वितरण निरन्तर जारी रहने फेरी पनि उहाँले जनाउनु भएको छ ।


सांसद राईको तर्फबाट हालसम्म नेपालगन्ज र सो वरिपरिका सयौं परिवारलाई राहात वितरण गरिसकिएको जनाउँदै अझैपनि सो कार्य निरन्तर भैरहेको समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले बताउनु भयो ।

यसअघि पुर्व शहरी विकास मन्त्री राईले नेपालगन्जका क्वारेन्टाइन र नीलसागर सेवाश्रमका लागि पनि खाद्यान्न प्रदान गर्नु भएको थियो । (नेपालगन्ज एफएमबाट साभार )

भर्खरै

सम्बन्धित खबर

Language »