सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्ना सदस्यहरुलाई सहयोग गर्दै सिन्धु -काठमाडौं समन्वय समिति

काठमाडौं।  सिन्धुपाल्चोक बाट काठमाडौं आई बिभिन्न पेसा ब्यबसाय गरेर बसेका नेकपा( माओवादी केन्द्र ) का समर्थक तथा सदस्य हरुलाई संगठित गर्न बनेको सिन्धु काठमाडौं समन्वय समितिले कोरोना भाईरस को  कारण आपत बिपतमा परेका तथा अस्पतालमा उपचारत आफु निकट सदस्य हरुको खोजि गर्दै आवस्यक सहयोग गरिरहेको छ ।

केहि दिन अघि मात्रै कोरोना कै कारण श्रीमति गुमाएका समन्वय समितिका सदस्य पशुपति सिग्देल लाई आज बाग्मती प्रदेश का पुर्व सामाजिक बिकास मन्त्री तथा पार्टी केन्द्रीय सदस्य युवराज दुलाल (शरद) को बिषेस उपस्थिति र  सिन्धु काठ्माडौं समन्वय समिति का अध्यक्ष ठुलो बाबु श्रेष्ठ को पहलमा सहयोग प्रदान गरीएको हो ।

कोरोना संक्रमण भई टोखा चण्डेस्वरी आईसोलेसन सेन्टरमा उपचाररत सिग्देलको श्रीमति को केहि  समय अगाडि मात्रै कोरोना कै कारण मृत्यु भएको  थियो भने उनका बुबाको समेत त्यसै आईसोलेसन सेन्टरमा उपचार भई रहेको छ ।

उपचाररत सिग्देललाई भेट्न पुर्व मन्त्री शरद , समितिका अध्यक्ष ठुलो बाबु श्रेष्ठ तथा समन्वय समितिका  सदस्य महेन्द्र घोरासैनी ,र  मनिष श्रेष्ठ को उपस्थिति रहेको  थियो ।

सहयोगको लागी पुगेका समन्वय समिति का अध्यक्ष श्रेष्ठले यस अघि पनि कोहि भोकै भए  आफुलाई संपर्क गर्न एक भिडीयो मार्फत शन्देश प्रवाह  गर्नु भएको  थियो  ।

आईसोलेसन सेन्टर पुगेका मन्त्री र अध्यक्ष को टोलिले उपचाररत सिग्देल लाई केहि आर्थिक सहयोग गरेका थिए भने आवस्यक पर्दा अझै सहयोग  गर्ने प्रतिबद्धता समेत जाहेर गरेका  थिए ।

कसैलाई भोकै बस्नु  पर्ने अवस्था  आएमा आफुलाई संपर्क गर्न समन्वय समितिका अध्यक्ष ले आफ्नो संपर्क  नं ९८५१००७०४९  समेत दिनु भएको छ ।

कोहि भोको बस्नु  नपरोस भन्ने आफ्नो चाहना रहेको बताउने मन्च का अध्यक्ष ठुलोबाबु श्रेष्ठले कोभीड़ १९को लकडाउनले गर्दा समस्याले छटपटाइरहेका सिंधुपालचोक काठमाण्डौ समन्वय समितिका सदस्य रत्न बहादुर नेपालीलाई हिजो मात्रै सहयोग  गर्नु  भएको थियो ।

सिन्धु -काठमाडौं समन्वय समितिले  समितिका अध्यक्ष ठुलोबाबु श्रेष्ठ को संयोजकत्वमा कोभिड तथा  बिपद  ब्यबस्थापन कोषको समेत स्थापना गरेको जानकारी आध्यक्ष श्रेष्ठ ले दिनु  भएको  छ  ।

अब गरीने सहयोग हरु यसै कोष मार्फत गरीने  भएकोले  यो कोषलाई कसरी ब्यबस्थित बनाउन सकिन्छ भन्ने बारेमा सल्लाह भई रहेको उहाँले  बताउनु  भएको  छ  ।

भर्खरै

सम्बन्धित खबर

Language »