सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्नी सानुलाई पुर्ण मगरको पत्र

         "हाम्रो माया "

सानु,
तिमी कहाँको मान्छे अनि म कहाँको मान्छे सायद संयोग नै हुनुपर्छ कस्तो मोडमा हाम्रो भेट भयो है ! आज यो साराखबर मार्फत मैले आफ्ना मनमा लुकेर रहेका कुराहरू बाहिर खोल्न पाएँ, आज म धेरै नै खुसी छु कि तिमी जस्तो साथीको साथ पाएँ । भन्छन् नि जिन्दगी त नदिको पानी जस्तै हो, जबसम्म गन्तव्य भेटिदैन सधैं नरोकिएर बगिरहन्छ । यो बिचमा कयौं सँगको मिठो मिलन हुन्छ भने कयौंसँग नचाहेर पनि छुट्टिनुपर्ने हुन्छ, समयले जिन्दगीका हरेक पलहरू बदलिरहेको हुन्छ । थाहा थिएन, मेरो जिन्दगीमा कोही मान्छे यति धेरै अनमोल बन्छ भनेर, सायद माया भन्ने शब्द जसले सृजना गरेको थियो नि धेरै मेहेनतले सुन्दर बनाएको थियो होला । त्यसैले त मायाले एउटा यो संसार छोडेर जान लागेको मान्छेलाई पनि रूवाउँछ, सायद आफन्तको मायाले नै त होला नि है ! बिचित्रको छ यो दुनिँया, जुन मान्छे जिन्दगीमा जति अनमोल बन्छ त्यति नै टाढा पनि हुन्छ तर बिताएका ति पलहरू सधैं सम्झना बनेर झल्किरहन्छन् । सायद म आफुलाई भाग्यमानी भनूँ कि जसकारण तिमीसँग मिठो माया गाँस्न पाएँ । जिन्दगीका केही पलहरू मात्र भएपनि तिमीसँग बिताएका पलहरू अनमोल बनेर रहे । सायद मिलन – बिछोड, सुख – दुख, यहि नै प्रेम र जिन्दगी रहेछ होला । जिवनसाथी नभएपनि एउटा असल साथी त बन्न पाएँ, त्यसैमा पनि धेरै खुसी छु । जसलाई जति चाह्यो एकदिन त्यो त्यति नै टाढा हुँदो रहेछ । तर पनि तिमी जहाँ जस्तोसुकै भएपनि हाँसी खुसी रहनु, ती अनमोल पलहरू यो मुटुमा सधै नै गाढा बनेर रहनेछन् ।

उही तिम्रो मुटुको मान्छे
✍️पुर्ण मगर

भर्खरै

सम्बन्धित खबर

Language »