सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्नै अपरेटिङ सिस्टम हार्मोनी ओएसका साथ हुवावेले सार्वजनिक गर्‍यो पी ५० सिरिज स्मार्टफोन

काठमाडौं । चिनिया प्रविधि कम्पनी ह्वावेको बहुप्रतिक्षित स्मार्टफोन पी ५० सिरिज सार्वजनिक भएको छ । पहिलो चरणमा चिनियाँ घरेलु बजार लक्षित गर्दै कम्पनीले बिहीबार ह्वावे पी ५० र पी ५० प्रो स्मार्टफोन सार्वजनिक गरको हो ।

जुन कम्पनीको आफ्नै अपरेटिङ सिस्टम हार्मोनी ओएसका साथ आएको छ । कम्पनीको यो फ्ल्यागशिप स्मार्टफोन हार्मोनी ओएसमा आधारित छ । जुन हार्मोनी ओएस प्रयोग भएको पहिलो स्मार्ट समेत हो ।

जसमा क्वालकमको फ्ल्यागशिप स्न्यापड्रागन ८८८ प्रोसेसर प्रयोग गरिएको छ । अमेरिकाले लगाएको प्रतिवन्धका कारण स्मार्टफोन बजारमा आफ्नो हिस्सा गुमाउँदै गएको ह्वावेले लामो समय पश्चात नयाँ स्मार्टफोन बजारमा ल्याएको हो ।

यसका साथै उक्त फोनमा कम्पनीको आफ्नै किरिन ९००० प्रोसेसर समेत प्रयोग भएको जनाइएको छ । फोरजी स्मार्टफोनको रुपमा आएका दुवै फोनमा आठ जीबी रोम रहेको छ । त्यस्तै यो फोन १२८, २५६ र ५१२ जीबी रोम भेरियन्टका साथ बजारमा आएको छ ।

नयाँ सार्वजनिक भएको पी ५० प्रो फोनमा ६.६ इन्चको ओएलईडी डिस्प्ले प्रयोग गरिएको छ । यसैगरी, पी ५० मा ६.५ इन्चको ओएलईडी डिस्प्ले रहेको छ । फोनमा क्रमशः ४३६० र ४१०० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।

दुवै फोनमा ६६ वाटको फास्ट चार्जिङ सपोर्ट समेत छ । पी ५० प्रोमा चार ओटा रियर क्यामेरा रहेका छन् । जसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने, ६४ मेगापिक्सेलको टेलिफोटो लेन्स राखिएको छ ।

यसैगरी, ४० मेगापिक्सेलको मोनोक्रोम र १३ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स पनि फोनमा छ । पी ५० मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने, १२ मेगापिक्सेलको टेलिफोटो र १३ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स रहेको छ ।

दुवै फोनमा १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । कम्पनीका अनुसार पी ५० प्रो (८ जीबी र्‍याम तथा १२८ जीबी रोम) को बजार मूल्य ९ सय २७ डलर तोकिएको छ ।

यसको अर्थ नेपाली बजार मूल्य एक लाख १० हजार भन्दा बढी पर्नेछ । त्यस्तै पी ५० (८ जीबी र्‍याम तथा १२८ जीबी रोम) को मूल्य ६ सय ९५ डलर अर्थात ८२ हजार रुपैयाँ भन्दा बढी रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »