सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्नै घरमा बसेर कोरोनालाई जितेका एक पात्र : सुमन सायमी

काठमाण्डौ उपत्यकाको सडक बिस्तार पीडितहरुको मुद्धालाई नेतृत्व गरिरहेका” उपत्यकाव्यापी सडक बिस्तार पिडित संघर्ष समिति “का अध्यक्ष सुमन सायमीलाई कोरोना पोजेटिभ भएको रिपोर्ट आए सँगै चिकित्सक को सल्लाह अनुसार आफनै घरमा आइसुलेसनमा बसेका थिए। उनको पछिल्लो रिपोर्ट नेगेटिभ आए पछी मात्र यो खबर बाहिरिएको हो ।।

कोरोना त्यती ठुलो भयानक रोग महामारी नभएर एउटा सामान्य संक्रमण भएको ले खासै डराउनु पर्ने अवस्था नरहेको कोरोनालाई जितेका स्यामी ले सारा खबर संगको कुराकानी मा बताए । आफ्नो दैनिक जिवन शैली लाई सोही अनुरुप ब्यबस्थापन गर्दै चिकित्सक को सल्लाह अनुसार स्वास्थ्य संयमता अपनाएर खान पिन मा ध्यान दिने र उच्च मनोबल राख्ने हो भने कोरोनालाई सजिलै जित्न सकिने उनले अनुभब गरेको बताएका छन् ।
पि .सि .आर .रिपोर्ट नेगेटिभ आए पनि अझ एक हप्ता पछी मात्र सामान्य अवस्थामा फर्कन चिकित्सक हरु ले शुझाव दिएको ले यो अबधि घरमै आराम गर्नु पर्ने उनले बताएका छन् ।
कोरोना एक त्रास मात्र नभएर गम्भिर संक्रमण पनि भएको ले आम नागरिक ले आफ्नो स्वास्थ्य सतर्कता आफैले अपनाएर दैनिक जिवन ब्यबहार तथा खानपिन मा समेत ध्यान दिन सकेमा कोही डराउन नपर्ने कुरा उपत्यका सरोकार मन्च का अध्यक्ष समेत रहेका सुमन स्यामिले सारा खबर लाई बताए का छन् ।

भौतिक रुपमा उपस्थितहुन नसकेपनी आफुले निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्व नभुलेको बताउँदै उनले आफ्नो कारण ले काठ्माण्डौ उपत्यकामा जारी नेवा: अस्तित्व को आन्दोलन मा केहि असर परेको मा आम उपत्यकावासी मा क्षमा समेत मागेका छन् । आफ्नो स्वास्थ्य सामान्य हुना साथ फेरी पनि आम नागरिक कै बिचमा रहेर काम गर्ने उनले प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

No description available.

भर्खरै

सम्बन्धित खबर

Language »