सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्नै सहकर्मीलाई कुटपिट गरेकाे आराेपमा पत्रकार सुसन रामदाम प्रहरी हिरासतमा

काठमाडौं । आभूषण बजार साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक सुसन सर्जन रामदाम पक्राउ परेका छन् ।

ईमेल टेलिभिजनमा समेत कार्यरत रहेका सुसनले सोही टेलिभिजनकी समाचार प्रस्तोता प्रमुख गृष्मा राजभण्डारीमाथि कार्यालयमै कुटपिट गरे पछि कार्वाहीका लागि उनी पक्राउ परेका हुन् ।

कार्यलयमा कामको विषयमा भएको सामान्य विवादलाई लिएर राजभण्डारी माथि सुसनले कुटपिट गरेको कार्यलय श्रोतले जनाएको छ । त्यस्तै घटनाबारे ईमेज टेलिभिजनका प्रमुख कार्यकारी लक्ष्मण हुमागाईले कुटपिट गर्ने सुसनलाई प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक कार्वाही अगाडि बढेको जानकारी दिए ।

कार्यलयमा अभद्र व्यवहारसहित कुटपिटमा उत्रिएका सुसनलाई घटनापछि प्रहरी बोलाएर आवश्यक कारबाहीका लागि पठाएको पनि प्रमुख हुमागाईले बताए। अहिले घाइते गृष्माको त्रिवि शिक्षण अस्पतालमा उपचार भाईरहेको छ । काम गर्न लगाएको विषयलाई लिएर आफूमाथी कुर्सी प्रहार भएको गृष्माले प्रहरीलाई बताएकी छिन्।

भर्खरै

सम्बन्धित खबर

Language »