सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्नो गुमेको भुमी फिर्ताको लागी रिले अनसनमा बसे बालाजु वाइपास का सडक बिस्तार पिडितहरु

No description available.

विगत लामो समयदेखि विवादित बन्दै आएको बालाजु सडक विस्तारका पीडितहरुले अनशन शुरु गरेका छन्। “हाम्रो भूमि हाम्रो अधिकार” भन्ने नारा सहित उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, ल्हुती, येँ (बालाजु)ले सो रिले अनशन विवादित सडक विस्तार क्षेत्रमै गरेका हुन्।

दायाँबायाँ ७-७ मिटर विस्तार गर्ने सहमतिबमोजिम शुरु भएको उक्त सडक विस्तारमा माथीको आदेश भनी सहमति बमोजिम नभई एकतर्फीमात्र विभेद गरेकोले आफ्नो सर्वस्व गुमेको आरोप अनशनमा बसेका सडक विस्तारमा घरवारविहीन भएका पीडितहरुले लगाएका छन्।

कानूनी राज्यको प्रत्याभूत गर, सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर।, गैरन्यायिक सडक विस्तारले विस्थापित भएकाहरुलाई पुनर्वासको व्यवस्था गर।, ILO कन्भेन्सन 169, UNDRIP ले दिएको आदिवासीहरुको हक अधिकार सुनिश्चित गर।, अन्यायपूर्ण प्रहरी दमन बन्द गर, मानवअधिकारको हनन नगर।; अख्तियारको दुरुपयोग गर्नेहरुलाई कार्वाही गर, सुशासनको ग्यारेन्टी गर।; माथिको आदेश होईन, बिधिको शासन सुनिश्चित गर। जस्ता ६ बुँदे मागसहित शुरु भएको रिले अनशन विस्थापितहरुलाई सोही स्थानमा पुनर्वास नगरिएसम्म जारी रहने उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष सुमन सायमीले बताएका छ्न्।

विस्थापितहरुलाई सोही स्थानमा बाकी रहेको जमिनमा पुनर्स्थापित गर्ने उद्देश्यका साथ डा. भगवानदास मानन्धरको संयोजकत्वमा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, बालाजुले मिति २०७७/०४/२० गते सहमति अनुसार ७ मिटर छोडेर पुनर्निर्माण गरिएका बाँकी घरमा सरसफाइ कार्यक्रमको आयोजना भएको थियो। तर, त्यसको लगत्तै भोलिपल्टै माथिको आदेश भन्दै प्रहरीको रहोबरमा सफा गरिएका ती घरहरु भत्काइएका थिए।

सम्मानित सर्वोच्च अदालतले मिति २०७३/१२/१३ मा छलफलबाट टुंगो नलागेसम्म निवेदकहरुको घर आँगनमा प्रवेश गर्ने, अनाधिकृत कब्जा गर्ने भत्काउने जस्ता कुनै कार्य नगर्नु नगराउनु भन्ने अन्तरकालिन आदेश जारी भएको स्थानमा कसको आदेशले घर भत्काइयो भन्ने प्रश्न गर्दा प्रहरीले आफूहरु १० जनालाई अपहरण शैलीमा धरपकड गरेर एक रात हिरासतमा राखेको पीडितहरु बताउँछन् । बिहान हिरासत मुक्त गर्दा कसैको जिम्मा नलगाई त्यसै बलपूर्वक बाहिर निकालेको उनीहरुको गुनासो छ।

उनीहरु भन्छन्,’माथिको आदेश भन्दै सर्वोच्च अदालतको आदेशको अवज्ञा गरि आफ्नो बचेको घर पनि भत्काएपछि ऐन कानून सबको लागि बराबर भनेर कसरी मान्नु र खोइ? ऐनकानून भन्ने कुरा हामी जस्ता सानालाई मात्र रहेछ।’ हिरासतमा रहेकाहरुको सिघ्र रिहाइको लागि स्थानीय लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शान्तिपूर्ण माग गर्दा प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेको थियो। जसको चर्को विरोध हुँदै आएको छ। जसमा एकजना(पंकज पाण्डे) शख्त घाइते भई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो भने अन्य केही साधारण मलमपट्टी पश्चात् फर्किएका थिए।

No description available.
No description available.
No description available.

भर्खरै

सम्बन्धित खबर

Language »