सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्नो पकेट खर्च कटाएर पिडित लाई सहयोग

काठ्माण्डौ । दुबै मृगौला फेल भएर उपचार को अभावमा छट्पटाई रहेका पाल्पा तानसेन ६ घर भ ई काठ्माण्डौ नेपालटार बस्ने नारायण प्रसाद गैरे लाई महाविर पुन को नेतृत्व मा रहेको राष्ट्रीयअविस्कार केन्द्र को एक सदस्य समेत रहेका योगेश उप्रेती ले आफ्नो पकेटखर्च कटाएर केहि रकम सहयोग गरेका छन् ।

करिव २ हप्ता अगाडि सम्म सामान्य अवस्था मा रहेका नारायण प्रसाद गैरे आफ्नो स्वास्थ्य अवस्थामा केहि असहज महसुस भए पछि अस्पताल मा चेक जाँच गराउन जाँदा दुबै मृगौला फेल भएको रिपोर्ट आए पछि अचम्मित भएका थिए ।


डाक्टर को सल्लाह अनुसार बिरामिलाई केहि समय भित्र नै मृगौला को प्रयारोपण गराउन सके अझै १५ – २० बर्ष बचाउन सकिने भने पनि रकम अवाभ मा तत्कालै आफु हरु यसो गर्न नसक्ने पिडित कि श्रीमति दुर्गा गैरे बताउछिन् ।


पाल्पा छँदा करार शिक्षक को रुप मा जागिरे गैरे सरकार ले अस्थाई शिक्षक लाई हटाएपछि बेरोजगार बनेका थिए । जिवन गुजारा गर्न काठ्माण्डौ आइपुगेका उनि सामान्य चिया, कफि र हरियो तरकारि बेचेर दैनिकि चलाई रहेका थिए ।


दुई छोरि र श्रीमान , श्रीमति गरि ४ जनाको परिवार लाई जेन तेन धानिरहेका गैरे को जिवन मा यस्तो भए पछि ऐले गैरे को परिवार मा आर्थिक अभाव भै बिहान बेलुकाको छाक टार्न समेत धौ धौ भई रहेको छ ।


आफु बाँचेर ति दुई वटि छोरि को भविस्य बनाउने तथा सामाज को लागि अझै केहि गर्ने चाहना रहेको ले गैरे ले केहि सहयोग को याचना समेत गरेका छन्।


शसश्त्र प्रहरिवल का पुर्व वरिष्ठ उपरिक्षक शम्भु उप्रेति को पहल मा नारायण गैरे बचाउ अभियान शुरु गरिएको छ । परोपकारि मन हरु लाइ नारायण गैरे को श्रीमति दुर्गा गैरे को नाम मा सिदार्थ बैंक मा रहेको खाता नं ०१६१६२७६४३० मा सहयोग गर्न तथा श्रीमति दुर्गा गैरे को मोबाईल नं ९८४०५९९७७२ मा सम्पर्क गरि पिडित लाइ आफै भेट्न पनि सकिने यस अभियान का पहल कर्ता शम्भु उप्रेती बताउछन् ।


आफ्नो पकेट खर्च बाट कटाएर योगेश उप्रेती ले आफ्नि आमा योजना उप्रेती मार्फत रु ५००० पिडित गैरे को हात मा हस्तान्तरण गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »