सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आम नागरिकको चाहना प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संघियता र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नु हो – भविसोर पराजुली

काठमाण्डौ । पुनर्गठीत नेकपा (माओवादी केन्द्र )का अध्यक्ष भविसोर पराजुलीले अहिलेको राजनैतिक अस्थिरतालाई अन्त्य गर्ने हो भने प्रत्यक्ष कार्यकारी राष्ट्रपति ,धर्म निरपेक्षता ,र  संघियताको मुद्धा मा जनमत संग्रह घोषणा गर्नुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यलयमा आज पत्रकारहरु संग कुराकानि गर्ने क्रममा उनले यस्तो बताएका हुन्। आउँदो २०७८ बैशाख ४,५,६,र७ गते ८औं राष्टीय महाधिवेशन गर्ने  यो पार्टीले “न्याय र समानता सहितको स्वाधिन र संबृद्ध नेपालका लागि नयाँसमाजवाद “भन्ने नारालाई आफ्नो  प्रमुख नारा बनाएको छ ।

कुराकानिकै क्रममा उनले वास्तबमा ०६२/६३ को  जन आन्दोलनले  अहिलेको  राजनैतीक पार्टीहरुलाई दिएको  जिम्बेवारी पुरागर्न नसकेको कारण यो स्थिति पैदा भएको बताए  । “हामिले  पहिलो संबिधान सभा असफल हुने  बितिकै जनताको  मन जित्नकैलागी भएपनि  त्यो तलब भत्ता फिर्ता गर भनेकै हो तर सुनुवाई भएन “त्यस्कै जगमा आज आम जनताको  राजनैतीक बितृष्णा जन्म भयो  ।

हरेक घटनाले चेतनाको बिकास गर्छ भनेर सबैलाई सिकाउँदै हिड्ने नेताहरुको  दिमागमा त्यहि कुराले बासगर्न नसक्नुनै अहिलेको  परीस्थितिको  जन्मदाता हो भन्ने उनको बुझाई छ  ।

आफ्नो  नियन्त्रण मा रहेको  हतियार  र  सेनाको  सहि  ब्यबस्थापन गर्न  नसकेकै कारण आज माओबादि हरु  धेरै टुक्रामा  बिभाजन भएको  र  त्यसलाई मिलाउन  तत्कालै पुर्व  जनमुक्ति सेनाको  सहि  ब्यबस्थापन हुन  जरुरी भएको उन  को  बुझाई छ  ।

आफ्नो  पार्टीको  ८औं महाधिवेशन ले यो बिषयलाई समेट्ने गरी रणनिती तय गर्ने बारेमा  छलफल जारी रहेको उनले बताए। “कमसेकम जनमुक्ति सेनालाई  बिकास सेनाको  रुपमा  रुपान्तरण गर्न सकेको भए देशले  बिकासमा अर्को फट्को मार्न सक्ने  थियो ” तर दुर्भाग्य हाम्रा जनमुक्ति सेना का योद्धाहरु  सस्तो मुल्यमा  श्रम बेच्न  खाडीमा जानु  पर्यो त्यसैले हामि अब  हाम्रो पार्टीलाई सेना सहितको  पार्टी बनाउने  योजनामा छौ  ।

२१औं सताब्दीको  जनमुक्ति सेनाले  युद्ध मात्र लड्ने होईन  उत्पादन्  र  बिकासको  काम  मा पनि  लाग्न सक्ने  तथा  सत्ता सन्चालन गर्ने  क्षमता समेत राख्ने  भएको  ले  नयाँसमाजवाद को  कार्य सम्पादन गर्न आफ्नो पार्टीलाई जनमुक्ति सेनाको  आवस्यकता पर्ने उनको  भनाई छ  ।

शान्ति , बिकास र उत्पादनको लागी भ्रष्टाचारप्रती शुन्य शहनशिलता को नितिलाई कार्यन्वयन गराउन सक्ने शक्षम जनमुक्तिसेना  को  फर्मेशन तयार गरी भ्रष्ट ,दलाल, र सामाजिक बिकृति  को बिरुद्ध मा लाग्न पार्टीले यो महाधिबेशन मार्फत बिशेश रणनिती तय गर्ने  पनि  बताएका छन्।

तत्कालको लागी हतियार बाहेक सबै फर्मेशन पुरानै स्थितिमा फर्काउन सकियो भने  जनमुक्तिसेनालाई पनि  न्याय  हुने  उनको  बिचार  छ  ।

एउटा पार्टी वा समुहले मात्र चाहेरपनि सामाजिक रुपान्तरण गर्न सम्भव नभएकोले बिचार र कार्यदिशा मिल्ने पार्टी संग केहि संझौता गरेर भएपनि  ठुलो शक्ती बनाएर लागीपर्न आफुले प्रयास जारी राखेको पनि बताएका छन्।

 निति, कार्यक्रम र कार्यदिशाको  आधारमा  कोसंग मिलेर अगाडीजाने भन्ने तय गरिने बिचारमा आफुहरु रहेको उनको भनाई छ  ।

भर्खरै

सम्बन्धित खबर

Language »