सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आम सर्वसाधरणका लागि लकडाउन कहिले खुल्छ ?

काठमाडाैँ । लकडाउन खुलेकाे हाे त ? आम सर्वसाधारणमा उब्जिएकाे प्रश्न हाे याे ।


अहिले सामाजिक संजालमा विभिन्न सवारी साधान चलेकाे पाेष्टहरू सजिलै देख्न सकिन्छ ।


सामाजिक संजालमा याे पनि प्रश्न उठ्न थालेकाे छ , लकडाउन त आम सर्वसाधरण जनताका लागि मात्र हाे । धनी वा कार, गाडी, बाइक भएकाहरूका लागि हाेइन ।


साेमबार २९ गते भद्रकाली र न्युराेडक गेटकाे दृश्य नियाल्ने हाे भने माथि उल्लेखित भनाइहरू हाे कि भन्ने पनि लाग्छ । हुन त लकडाउनकाे ५० औं दिन भैसकेकाे छ । काेठामा मात्र बसिरहदा सबैलाई बाहिर निस्कन मन त लाग्छ नै । तर साेमबार नै पास नभएका गाडी र बाइकरू सयाैंकाे संख्यामा समातेर कार्बाही गरेकाे थियाे ।

नेपाल सरकारले लकडाउनला खुकुलाे बनाउने नीति ल्याएकाे छ तर कसरी कार्यन्वयन गर्ने भन्नेमा सरकार नै अन्याेल देखिन्छन् । तर सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार उपत्यकामा दैनिक एक हजार हाराहारीमा मालवाहक सवारीसाधन प्रवेश गर्छन्। ती सवारीमा कम्तीमा पनि तीन÷तीनजना ओहोरदोहोर गर्दा पनि उपत्यका प्रवेश गर्नेको संख्या तीन हजार पुग्छ।

एकजना चालक, सहचालक र सहयोगी भनेर तीनजना मालवाहक सवारीमा उपत्यका प्रवेश गर्ने गरेको प्रहरी तथ्यांकले नै बताउँछ। तर सम्बन्धित डिपोहरूमा सामाना झारेपछि ती चालक र सहचालक कहाँ बस्छन् र कहाँ खान्छन् भन्नेबारे सरकारी निकाय नै जानकार छैन। तर भिआइपी चढेर आएर गाडि र मालवाहक सवारीकै कारण उपत्यका कोरोना सर्ने हो कि भन्ने त्रास फैलिएको ललितपुरका सहायक प्रजिअ खिमराज भुसालले बताए।

अब काठमाडाैँमा सर्वसाधरणका लागि लकडाउनकाे नीति के हाे त ? सरकारले याे नीति तत्कालै सार्वजनिक गर्नु पर्ने देखिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »