सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इटालीबाट आएकी बूढानीलकण्ठस्थित एक महिलामा एन्टिबडी पोजेटिभ, टेस्ट गर्ने डाक्टर नै क्वारेन्टाइनमा

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले गरेको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा इटालीबाट आएकी ३१ वर्षीया एक महिलामा पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ ।

वैशाख ३ गते बुधबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा चैत पहिलाे साता इटाली हुँदै नेपाल आएकी एक युवतीमा काेराेना पाेजेटिभ देखिएकाे हाे । बुधबार वडा नं. ८ मा गरेको र्‍यापिड डाइग्नोस्टिक टेस्टअन्तरगत ती युवतीकाे नतिजा पोजेटिभ देखिएको हाे ।

बुढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना सं‌क्रमण परीक्षण सुरु गरेको थियो । त्यसक्रममा उनी आफैँ जाँच गराउन आइपुगेकी थिइन् ।

‘२२ दिनसम्म घरमै क्वारेन्टाइनमा बसेको थिएँ भन्दै आउनुभयो । टेस्ट गर्दा पोजेटिभ आयो’ मेयर उद्धवप्रसाद खरेलले भने, ‘उहाँ विदेशबाट आउनु भएको स्थानीय तहको रेकर्डमा थिएन ।’ चैत पहिलो साता आएकी उनले १४ दिन क्वारेन्टाइनमा बसेपछि आफन्तसँग भेटघाट गर्ने गरेको पाइएको छ ।

ती युवतीलाई थप परीक्षणका लागि टेकु अस्पताल पठाइएको र थप जानकारी टेकु अस्पतालले रिपोर्ट दिएपछि बताउन सकिने नगरपालिका स्वास्थ्य शाखा प्रमुख कुमार दाहाल जानकारी दिएका छन् ।

संक्रमण पोजिटिभ देखिएका बुढानिलकण्ठ-९ बस्ने ती युवती इटाली हुँदै नेपाल आइपुगेको र २ हप्ता क्वारन्टाइनमा बसेको बताइएको छ । तर उनमा हालसम्म कोरोनाको कुनै पनि लक्षण भने देखिएको छैन ।

उनले नेपाल भित्रिएकाे २२ दिनपछि टेकु अस्पतालमा फोन गरेर बुझ्दा चिकित्सकले उनलाई लक्षण केही नदेखिएकाले परीक्षण गर्न नपर्ने बताएका थिए । त्यस बीचमा उनले आफन्तलाई भेटेको बुझिएको छ ।

बुधबार भने उनी आफैं नगरपालिकाले सञ्चालन गरेको र्‍यापिड टेस्ट शिविरमा जाँच गराउन पुगेकाे नगरपालिका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए ।

र्‍यापिड टेस्टमा खटिएका डाक्टर, उनका एक सहयोगी र ल्याबका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । मेयर खरेलकाअनुसार स्थानीय तहले विदेशबाट आएकाहरुलाई सूचीकृत गर्न भनेको थियो । तर, धेरैले नगरेको पाइएको छ । अहिले र्‍यापिड टेस्टका क्रममा भने उनीहरु सम्पर्कमा आएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »