सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इन्जिनियर र व्यवसायी घुस रकम सहित रंगेहात पक्राउ

नुवाकोट,

बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर (करार) पर्वत पौडेलले घर निर्माण सम्पन्नको प्रमाण-पत्र दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा निज पर्वत पौडेलले सेवाग्राहीसँग रु. ७५,०००।– (पचहत्तर हजार) माग गरी होटल व्यवसाय गर्ने नारायणप्रसाद भट्टलाई लिन लगाई निज नारायणप्रसाद भट्टले लिएको अवस्थामा उक्त घुस रकमसहित बिदुर नगरपालिका वडा नं.-२ काउण्टर चोकबाट दुवै जनालाई २०७७।०७।२२ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारी ले एक विज्ञप्ति मार्फत सार्वजानिक गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »