सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इन्डोनेशियाको सुलाबेसी द्वीपमा ६.२ म्याग्नेच्युटको भुकम्प, कम्तीमा ४२ जनाको मृत्यु भएको अनुमान

शुक्रबार बिहान इन्डोनेसियाको सुलावेसी द्वीपमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा भूकम्पमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको अनुमान गरिएको छ । भूकम्पले त्यहाँका एक अस्पतालसहित अन्य थुप्रै भौतिक संरचना भत्किनुको साथै र थुप्रै मानवीय क्षति भएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले बताइएको छ ।

भूकम्पमा सुलावेसी द्वीपका ६ सयभन्दा बढी मानिस घाइते भएको र १५ हजारभन्दा बढी विस्थापित भएको इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन बोर्डले जनाएको छ । सुलावेसी द्वीपको मामुजु सहरमा ३४ जना र त्यसैगरी मामुजु सहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्र माजेनेमा पनि भूकम्पको कारण ८ जनाको मृत्यु भएको छ । भत्किएका संरचनाहरुमा अझै व्यक्तिहरु पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।

मामुजु अस्पतालको भग्नावशेषमा बिरामी र अपस्पतालका कर्मचारी सहित दसजनाभन्दा पुरिएको अनुमान छ । उद्धारकार्य अझै जारी रहेकाले भूकम्पका कारण भएको मानवीय क्षति र धनजनको क्षतिलगायतका विस्तृत विवरण आउन अझै बाँकी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »