सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इराकको अमेरिकी दूतावास र सैन्य इलाकामा रकेट हमला

काठमाडौं । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास र सैन्य इलाकामा रकेट हमला भएको छ । इराकी सुरक्षा बलले यो कुराको पुष्टि गरेको छ ।

इराकी सेनाका अनुसार एउटा रकेट कडा सुरक्षा प्रवन्ध रहेको ग्रिन जोन क्षेत्रमा भएको छ, जहाँ अमेरिकी दूतावास पनि छ । यस्तै दोस्रो रकेट हमला बगदादको नजिकको ताजी सैन्य अड्डालाई निशाना बनाएर गरिएको थियो, तर त्यसलाई असफल पारिएको छ ।

सेनाका अनुसार रकेट ग्रिन जोन क्षेत्रबाट केही पर एक घर नजिकै खसेको थियो । जसका कारण एक बालक घाइते भएका छन् भने घरमा क्षति पुगेको छ ।

सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘त्यही समयमा हाम्रा सुरक्षा बलले एक अर्को रकेटलाई असफल पारिदिए । कत्युशा रकेट र लन्चरलाई कब्जामा लिए । यो हमला बगदादस्थित ताजी सैन्य अड्डालाई निशाना बनाएर गरिएको थियो ।’

समाचार एजेन्सी एएफपीका अनुसार अक्टुबर महिनादेखि हालसम्म इराकस्थित अमेरिकी कूटनीतिक र सुरक्षा बलका अखाडामा तीन दर्जनभन्दा बढी मिसाइल आक्रमण भइसकेका छन् । अमेरिकाले यी आक्रमणहरुमा इरान समर्थित लडाकुहरुको संलग्नता रहेको दाबी गर्दै आएको छ । तर इरान समर्थित लडाकुहरुले यी आक्रमणको जिम्मेवारी हालसम्म नलिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »