सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उग्रचण्डी भगवतीमाईलाई पसिना आयाे, अनिष्ट हुने स्थानीयकाे भनाइ

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नं – ४ नालामा अवस्थित उग्रचण्डी मन्दिरमा रहेको भगवतीलाई पसिना आएको त्यहाँका पुजारी र स्थानीयवासीले सारा खबरलाई बताएका छन् ।

पुजारी र स्थानीयवासीका अनुसार २१ गते बुधवार बिहान ७ बजे कोही महिलाको आवाजमा रोएको सुने । रोएको आवाज सुनेपछि मन्दिरको ढोका खोलेर हेर्दा मुर्तिबाट खलखली पसिना बगिरहेको प्रत्यक्ष देखेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ब्याचलर तेस्रो वर्षमा अध्ययनरत सुस्मिता कर्माचार्य आफैँले भगवतीको मुर्तीमा आएको पसिना पुछेको बताए ।

पसिना आएको थाहा पाएपछि त्यहाँ दिनभरि नै क्षमा पूजा, भजन, किर्तन गरिरहेका छन् ।

पुजारी र स्थानीयवासीका अनुसार पसिना आएको एक वर्षभित्रमा देशमा केही न केही अनिष्ट हुने बताएका छन् । यो किंवदन्ती सदियौँ देखि रहि आएको छ । विगत २०७१ कार्तिकमा पसिना आएपछि २०७२ बैशाखमा महाभूकम्प आएको थियो ।

भिडियाे हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »