सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“उठ्नुपर्छ” बोलको गीत सार्वजनिक

काठमाडौँ । तामाङ समुदायको भाषा, सस्कृति, धर्म र अधिकारलाई उठान गर्न गीत संगीतको माध्यमबाट गायक फूल कुमार बम्जन र गायिका निर्माला घिसिङको स्वरमा रहेको “उठनु पर्छ, उठाउनु पर्छ” गीत सार्वजनिक भएको छ ।

यो गीतमा दिलिप योञ्जनको शब्द र राजेश थापाको संगीतमा रहेको छ । तामाङ समुदायलाई नै लक्षित गरेर निर्माण गरेको यो गीतले समुदायको हरेक व्यक्ति अधिकारको लागि उठनु पर्छ , उठाउनु पर्छ भनेर सचेत गराएका छन् ।

ए वान म्युजिसियनू स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई राजेश श्रेष्ठले अडियो मिक्सिङ् गरेका हुन् । श्रीमती लक्ष्मी गुरुङ तामाङले निर्माण गरेको हो ।

तामाङ समुदायमा गायक फूल कुमार बम्जन गाउँघरको पाखा पखेरामा अल्झेर बसेका भाका टिपेर गीत गाउँछन् । बन जंगलको कन्दमुल, जडीबुटी अनि किराफट्याङ्राको आवाजलाई संगीतमा उनेर समुदायको अधिकारको बारेमा गीतकै माध्यमबाट उठान गर्छन् । “उठनु पर्छ, उठाउनु पर्छ” यो गीतमा क्रान्तिकारी स्वभाव बोकेकी गायिका निर्माला घिसिङको स्वरले साँच्चिकै मिठास भरिदिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »