सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण,कोरोना संक्रमितको संख्या ४० पुग्यो

काठमाडौँ । नेपालमा फेरि एकैपटक ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउँसो १ जनाको पुष्टि गरे लगत्तै थप ८ जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालले जनाएको छ ।

कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको तर थप परीक्षणबाट पुष्टि गर्नका लागि ती नमूनाहरू धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएपछि नेपालमा संक्रमितको संख्या अब ४० पुगेको छ । यस अघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका एक जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

यसअघि ५ वैशाख गते पनि उदयपुरको भुल्केमै रहेको एक मस्जिदमा १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यहाँ भारतबाट आएका भारतीयसँगै नेपाली गरी १६ जना बसेकोमा १२ जनामा पोजेटिभ देखिएको थियो । पछि थप अर्को एकजनामा पनि पुष्टि भएपछि संक्रमित १३ पुगेका थिए ।

मस्जिदमा रहेका यी १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । पछिल्ला संक्रमित आठै जनालाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ ।१३ संक्रमितसंग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न विराटनगर पठाइएकोमा ८ जनामा कोरोना पोजिटिभ पाइएको हो ।

संक्रमित सबै आठ जना मुस्लिम समुदायका हुन्। यही बस्तीबाट पछि २ सय ५२ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको थियो । यिनै २ सय ५२ जना मध्ये एक जनाको आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजिटिभ पाइएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »