सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उद्धार उडान आजबाट सकिंदै, ५८ देशबाट ४८ हजार नेपालि स्वदेश फिर्ता

काठमाडौं । विदेशमा अलपत्र तथा समस्यामा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारले गएको ३२ असारदेखि शुरु गरेको उद्धार उडान आज सकिंदैछ।

यो अवधिमा सरकारको अनुमतिमा दुई स्वदेशीसहित विभिन्न विदेशी वायुसेवाले गरेको उद्धार उडानमा ५८ देशका ४८ हजार ८३२ नेपाली स्वदेश फर्किएका छन्।

सीसीएमसीले आजको लागि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी वायुसेवामा सिंगापुर र अष्ट्रेलियाको वायुसेवालाई उद्धार उडानको अनुमति दिएको छ। सो अनुसार आज साँझसम्म सरकारले दिएको सीमा र तोकिएको तालिका अनुसार उडान पूरा हुनेछ।

सरकारले १ भदौदेखि खुलाउने तयारी गरेको नियमित हवाई उडान कोभिड संक्रमण बढ्दै गएपछि अझै १५ दिन पर सार्ने भएको छ। यसका लागि सीसीएमसीले सरकारलाई प्रस्ताव गरिसकेको छ।

उक्त प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ। आज बस्जे मन्त्रिपरिषद्को बैठकले १ भदौदेखि खुलाउने भनिएको लामो दूरीको सवारी साधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानबारे निर्णय गर्ने भएकाे छ।

नियमित उडानको समय १५ दिन सारिने भएपछि अब वायुसेवा कम्पनीलाई दिइने उद्धार उडान स्वीकृति हुने वा नियमित उडान नै कुर्नुपर्ने भन्नेबारे सरकारले दिने निर्णय नै पर्खनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »