सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उद्योगहरुको अस्वभाविक मुल्य वृद्धिले ग्रील ब्यवसायी र उपभोक्ता मारमा

       सैलेश ठकुरी
 
     (अध्यक्ष , ग्रील तथा स्टील ब्यवसायी संघ, काठमाडौं, पश्चिम क्षेत्र )

(बजारमा निर्माण सामाग्री लगायत फलामजन्य उत्पादनहरुको अस्वभाविक मुल्य वृद्धी भएपछि-ग्रील तथा स्टील ब्यवसायी र आम नागरिक मारमा परेको भन्दै ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरीले मुल्य वृद्धि गर्ने उद्योग र सरकारको विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । यसै सन्दर्भमा सारा खबर डट कम का प्रतीनिधिसँग गरेको कुराकानीको संपादित अंश ।)

उद्योगहरुको आफ्नो उत्पादन भन्दा बजार माग कम भइरहेको अवस्थामा पनि अस्वभाविक मुल्य वृद्धि हुनु रहस्यपूर्ण भएकोले यसको न्यायिक छनबिन हुनु पर्ने उनले बताएका छन् ।

मुल्य वृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकाय वानिज्य आपुर्ति- तथा उपभोक्ता संरक्षण विभागले मुल्य वृद्धिको कारण माग्ने बहानालाई अगाडि- सार्दै आम नागरिक र ब्यवसायीलाई अल्मल्याउने काम गरिरहेको भन्दै यसरी राज्यले हामी ब्यवसायी र नागरिक माथि- अन्याय गरिरहने हो भने हामीले बाध्य भएर संघर्षको बाटोमा लाग्नु पर्ने हुन्छ । यस्तो अवस्थाअ नआवस् भन्ने चाहना रहेको उनको आसय रहेको छ ।

कोरोना भाईरसको कारण लामो समयदेखि ठप्प रहेको निर्माण व्यवसाय र निरन्तर उत्पादित निर्माण सामाग्रीको स्थितिलाई नियाल्दा ठुलो मात्रामा स्टक गरी राखिएको निर्माण सामाग्रीको एकैचोटि अस्वभाविक मुल्य वृद्धि गर्नुले यसमा खरबऔं रुपैँयाको चल खेल हुन सक्ने उनको दावी छ ।

लामो समय देखी ठप्प रहेको निर्माण ब्यबसाय को क्षेत्र भर्खर भर्खर पाइला सार्न लागेको यो अवस्था मा यसरि अस्वभाविक मुल्य बृद्धी भएपछी ब्यबसायी हरु धेरै मार मा परेको छन् । यो स्थिती लाई सामान्य रुप मा फर्काउन धेरै कठिन हुने र धेरै ब्यबसायी हरु पलायन हुनसक्ने कुरा लाई ध्यान नपुराउने हो भने आम ब्यबसायी हरु आन्दोलित हुनु को बिकल्प नभएको उनले बताएका छन् ।

यसरि गैर न्यायिक तरिका बाट गरिएको अस्वभाविक मुल्य बृद्धी को बिरुद्ध मा आवाज उठाउन आफुले आफ्नै माथिल्लो संगठन ग्रील तथा स्टील ब्यबसायी महसंघ मा पनि कुरा उठाएको र संपुर्ण ब्यबसायी तथा आम  उपभोक्ता लाई समेत सचेत गराइ सकेको ले अब चुप लागेर बस्न नहुने उन ले तर्क गरे का छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »