सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उद्योषण,ब्यक्तित्व बिकास,छापा तथा अनलाईन पत्रकारिता तालिमको समापन कार्यक्रम सम्बोधन गर्न उप सभामुख राधिका तामाङ नगरकोट जाने

काठमाडौ । तामाङ पत्रकार संघ भक्तपुरले तिन दिवशीय निशुल्क उद्घोषण, व्यक्तित्व बिकास, छापा तथा अनलाईन पत्रकारिता तालिमको आयोजना गरेको छ ।
पर्यटकिय हिसाबले अत्यन्तै महत्व बोकेको रमणिय स्थल नगरकोटको होटल साकुरा दरवारमा आयोजना गरेको तालिमको पहिलो दिन अर्थात उद्घाटन समारोह तथा दोस्रो दिनको तालिम सम्पन्न भएको छ
शुक्रवार नगरकोटस्थित होटल साकुरा दरवारमा पहिलो दिनको समुद्घाटन कार्यक्रममा नेपाल तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष के.डी.मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो भने तामाङ पत्रकार संघका केन्द्रिय सदस्य मिलन लामाको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा चलचित्र निर्माता तथा निर्देशक विनय दोङ, नायक तथा मोडल टुल्साङ मोक्तान, माउण्ट एभरेष्ट युवा क्लवका अध्यक्ष एवम् युवा व्यावसायी शन्त बहादुर तामाङ लगायतका अतिथिहरुको उपस्थिति रहेका थिए ।
औपचारिक रुपमा छोटो कार्यक्रम सम्पन्न पश्चात राष्टिय प्रशिक्षक बिकास देव योन्जनले उद्घोषण तथा व्यक्तित्व बिकास बिषमा पहिलो दिनको तालिम सुचारु गरेका छन् ।
दोस्रो दिनको प्रशिक्षण कार्यक्रममा बरिस्ठ पत्रकार एवम् प्रशिक्षक अमरध्वोज लामाले छापा तथा अनलाईन पत्रकारिता सम्बन्धि तालिम दिएका छन् ।
शुक्रवार देखी सुरु भएको तालिम आज सम्म निरन्तर रहने आयोजक संस्था तामाङ पत्रकार संघ भक्तपुरले जनाएको छ । तालिम अवधिभर प्रशिक्षक बिकास देव योन्जन र अमरध्वोज लामाले क्रमबद्ध रुपमा प्रशिक्षण दिनेछन् ।
पहिलो दिनको तालिममा विभिन्न ठाउंबाट २२ जना सहभागिहरु सहभागि भएका छन् भने दोस्रो दिनको तालिममा केही संख्या थप भएको जानकारी तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष सुदिन लामा दोङले जानकारी दिएका छन् ।
तिनदिन चलेको कार्यक्रमको समापन गर्न बागमती प्रदेशसभाको उप सभामुख राधिका तामाङ आउने कार्यक्रम तय भएको आयोजक पक्षले जानकारी गराएको छ ।
कार्यक्रमबाट मिडिया क्षेत्रमा दक्ष जनशक्ति उत्पादनहुने कुरामा आफुहरु विश्वस्त रहेको आयोजक संस्था तामाङ पत्रकार संघ भक्तपुरका सचिव छेडुप तामाङ दोङ ले बताउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »