सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकाको निषेधाज्ञा भदौ १५ सम्म लम्ब्याउन सिफारिस

काठमाडौं । संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा लम्बिने भएको छ ।

उपत्यकाका सबै स्थानीय तहले १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन जिल्ला प्रशासन कार्यालयहरूलाई सिफारिस गर्ने निर्णय गरेका छन् ।

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले १५ भदौसम्म अत्याश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि पनि उनीहरूले १० भदौसम्म सेवा बन्द गर्ने निर्णय गरेका थिए । उनीहरूकै सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयहरूले १० भदौसम्म निषेधाज्ञा जारी गरेका थिए ।

फेरि निषेधाज्ञा थप्न सिफारिस गर्ने निर्णय भएको फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »