सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा एकैदिन थप ७३७ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ३७ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ३७ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ६ सय ५२ संक्रमित थपिएका छन् भने ललितपुरमा ६० संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २५ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १३ हजार ६ सय ३३ पुगेको छ ।

यसमध्ये काठमाडौमा ११ हजार २ सय ३५ , ललितपुरमा १ हजार २ सय ८५ जना र भक्तपुरमा २ सय ४३ जना संक्रमित छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »