सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा थप १६ सय २२ जनामा कोरोना संक्रमण

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण काठमाडौं उपत्यकामा तीब्र बन्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा मात्र ७७ हजार ९७० जनामा संक्रमण पुष्टि भएको छ भने कोरोनाले ३६२ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार उपत्यकामा सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा छन्। काठमाडौंमा अहिलेसम्म ६३ हजार २१७ जनामा संक्रमण पुष्टि हुँदा ४६ हजार ७५४ जना डिस्चार्ज भएका छन्।

सक्रिय संक्रमितको संख्या काठमाडौं जिल्लामा मात्र १६ हजार २२९ रहेको छ भने २३४ जनाको कोरोनाले मृत्यु भइसकेको छ।

काठमाडौं जिल्लामा संक्रमण तीब्र रुपमा बढ्दै गएपछि विभिन्न वाडा कार्यालय नै बन्द हुन थालेका छन्। वडा नम्बर १० ले सूचना टाँसेर आफ्नो वडामा ७०० बढी संक्रमित भएको र १२ जनाको मृत्यु भइसकेको जानकारी गराएको छ।

वडाध्यक्ष रामकुमार केसीले कार्यालयबाट तत्कालका लागि कोरोना सम्बन्धी सिफारिसबाहेक अन्य सबै सेवा अर्को सूचना प्रकाशि नभएसम्मका लागि बन्द भएको जानकारी दिए।

काठमाडौंपछि उपत्यकामा धेरै संक्रमित ललितपुरमा छन्। मन्त्रालयका अनुसार ललितपुरमा ८ हजार ९५८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ६ हजार ५५४ जनाले कोरोना जितेका छन्। २३ सय २४ जना सक्रिय संक्रमित भएको ललितपुरमा ६२ जनाको मृत्यु भइसकेको छ।

त्यसैगरी भक्तपुर जिल्लामा पाँच हजार ७९५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ४ हजार ७२९ जनाले कोरोना जितेका छन्। एक हजार सक्रिय संक्रमित रहेको भक्तपुरमा ६६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

उपत्यकामा थप १६ सय २२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा उपत्यकामा १६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंका १३६२ ,भक्तपुरमा ९६ र ललितपुरमा १६४ गरी १६ सय २२ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका १६ सय २२ सहित २८ सय २४ जनामा संक्रमण पुष्टिभए सँगै संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको हो।

३७ हजार ७६५ सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार ७७९ जना छन्। यस्तै क्वारेन्टाइनमा २ हजार ३८६ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २३ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार ३६ सय २० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ। यो संख्या कुल संक्रमितको ७७ दशमलव ८ प्रतिशत हो।

आइसीयूमा २८३ र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। आइतबार मात्रै २३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ।

मन्त्रालयले ठूला सहरमा कोरोना संक्रमण उच्च रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »