सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

काठमाडौंका ५७ जना र ललितपुरका ५ जना गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको हो।

मंगलबार पनि उपत्यकामा ६२ जनामा कोरोना संक्रमण देखिएको थियो।

बुधबार देशभर थप ३८१ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »