सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा निषेधाज्ञा केहि खुकुलो : के–के गर्न पाइन्छ ?

काठमाडौं । कोरोना भाइरसको महामारी तीव्रगतिमा फैलिएपछि काठमाडौं उपत्यकाका तीनै जिल्लामा पुनः निषेधाज्ञा एक साता लम्ब्याइएको छ ।

यसपटक भन्सार पास भएका निर्माण सामग्री सञ्चालनमा छुट दिइएको छ भने ‘टेकअवे र होम डेलिभरी’लाई पनि शर्त सहित सञ्चालन गर्न दिइने भएको छ ।

सरकारले हाल निषेधाज्ञा बाहेक अर्को विकल्प नरहेको बताउँदै गर्दा काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले पुनः एक साताका लागि निषेधाज्ञा थपेका छन् ।

के गर्न पाइन्छ ?

–औषधि, पानी मात्र विक्री वितरण गर्ने र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल÷व्यवसाय जुनसुकै समयमा पनि निर्वाध सञ्चालन ।

–खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा÷मासू विक्री वितरण गर्ने पसलहरु विहान ११ बजेसम्म खोल्न पाइने ।

–उपत्यका भित्र विकास निर्माणसँग सम्बन्धित पसल÷व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने तर, नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने ।

–पीसीआर नेगेटिभ भएका व्यक्तिहरुबाट मापदण्ड बमोजिम ‘टेकअवे’ सेवा सञ्चालन गर्न र सरकारले तोकेको मापदण्ड अनिवार्य रुपमा पालना गरी अनलाइन सेवा सञ्चालन गर्न सकिने ।

–अत्यावश्यक उपभोग्य बस्तुको होम डेलिभरी सेवाको हकमा डेलिभरी गर्ने व्यक्तिको पीसीआर नेगेटिभ हुनुपर्नेछ । होम डेलिभरी सेवाको क्रममा भेटेका व्यक्तिको अभिलेख राख्ने र अनलाईन भुक्तानी गर्ने गरी होम डेलिभरी सेवा सञ्चालन गर्न सकिने छ । मापदण्ड जारी भएपछि मात्र सेवा सञ्चालन गर्न पाइने छ ।

–कामदार र कर्मचारीहरुलाई अयोजनास्थलमै क्वारेन्टाइनमा रहने गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सम्बन्धी निर्माणका कार्यहरु सञ्चालन गर्न ।

–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाई कक्षा सञ्चालन गर्न ।

–क्वारेन्टाइन÷आइसोलेसनमा बस्नेहरुको लागि खाना खुवाउने क्वारेन्टाइन÷होटल सञ्चालन गर्न ।

–एयरपोर्टदेखि क्वारेन्टाइन वा आइसोलेसन वा होटलसम्म जाने यातायात सञ्चालन ।

–अत्यावश्यक कार्यका लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने छ ।

–स्वाव परीक्षण गराउने व्यक्तिहरु रिपोर्ट नआउन्जेल अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु समेत स्वाव परीक्षण गराउने व्यक्तिहरुको रिपोर्ट नआउञ्जेलसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ । अन्यथा संक्रामक ऐन अनुसार कारवाही गरिने ।

–अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग, कलकारखाना सञ्चालन गर्न सकिने छ । तर, अनिवार्य स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्नेछ ।

–बैंकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यामबाट सेवाप्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने छ । सो सम्भव नभएमा नेपाल राष्ट्र बैंकले तोकेको वा कर्मचारी संख्याको १÷३ संख्यामा नबढाई सेवा प्रवाह गर्न सकिने । सोको नेपाल राष्ट्र बैंकले अनुगमन गर्ने ।

–हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिषा, स्वीकृत हवाई टिकट हुनेहरु सीधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिने तर पीसीआर परीक्षण नभएको स्थानबाट यो प्रयोजनमा उप्रत्यका आउनुपर्ने व्यक्तिको हककमा सुरक्षित रुपमा बस्ने स्थानको सुनिश्चितता र जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य हुनुपर्ने ।

–सामाजिक तथा भौतिक दूरी कायम गर्नुपर्नेछ । स्वास्थ्य मापदण्ड पूरा नभएको भेटिए संक्रामक ऐन २०२० अनुसार कारवाही हुनेछ ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । बुधबारसमेत गरेर तेस्रो निषेधाज्ञा थपिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »