सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा १४ सय २० जनामा कोरोना संक्रमण, देशभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा उपत्यकामा १४ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ९३ हजार ७७५ पुगेको छ भने देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख पुगेको छ । हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८१७ पुरुष र ६०३ महिला गरेर २४ घण्टामा उपत्यकामा १४ सय २० जनामा संक्रमण पुष्टि भएको हो।

उपत्यकामा कोरोनाले मृत्यु हुनेको संख्या भने ४२५ पुगेको छ। उपत्यकामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी २८० जनाको मृत्यु भएको छ।

संक्रमितको संख्या ७४ हजार ३४४ रहेको छ भने ५७ हजार ३७८ जनाले कोरोना जितेका छन्। काठमाडौं जिल्लामा मात्र १६ हजार ६८६ जना सक्रिय संक्रमित छन्।

७३ जनाले ज्यान गुमाएको भक्तपुर जिल्लामा १२ सय २४ जना सक्रिय संक्रमित छन् भने ५ हजार ३८७ जनाले कोरोना जितेका छन्। जिल्लामा जम्मा संक्रमितको संख्या ८ हजार ८८४ पुगेको छ।

त्यसैगरी कुल संक्रमितको संख्या १० हजार ५४७ पुगेको ललितपुर जिल्लामा ८ हजार १२५ जना निको भएका छन् भने २३ सय ५० जना सक्रिय संक्रमित छन्। त्यहाँ ७२ जनाले भने ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ। जसमध्ये १ लाख ६० हजार ५७७ जनाले कोरोना जितेका छन्।

२४ घण्टामा ८५३ जनाले कोरोना जितेका छन् भने २२ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाले मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ। अहिले क्वरेन्टाइनमा भने एक हजार ५८ जना रहेका छन्। नेपालमा अहिलेसम्म १५ लाख ६४ हजार २१४ जनाको पीसीआर परीक्षण भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »