सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा ३१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ३१ जना कोरोना संक्रमित भेटिएका छन्।

यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६३४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले ३१ जनामा पुष्टि भएको जानकारी दियो।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जना रहेका छन्।

भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन्।

यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा ४५० जना, ललितपुरमा १०५ जना र भक्तपुरमा ५९ जना कोरोना संक्रमित पुगेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »