सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यका को बिभिन्न ठाउँ मा सरसफाई अभियान संपन्न

काठ्माण्डौ , नियमित रुप मा गरिदै आएको सरसफाई अभियान हरु आजापानि काठ्माण्डौ को बिभिन्न ठाउँ हरु मा संपन्न भएको  छ । बागमती नदिलाई पुरानै स्वरुपमा फर्काउने भनेर वातावरण प्रेमी हरु  को समुहा बाट शुरु गरिएको सरसफाई अभियान अहिले देशै भरी ब्यापकरुप मा हुन थालेको छ ।

ग्रीन सिटी अस्पताल ले संयोजन र लोक बहादुर टण्डन ले नेतृत्व गरेको चक्रपथ सरसफाई महा अभियान ले पनि १९७औं हप्ताको कार्यक्रम बसुन्धारा चौकी क्षेत्र आसपास सरसफाई गर्दै सम्पन्न गरेको छ । चक्रपथ सरसफाई का ब्यबस्थापक तथा गायक तिलक बस्नेत ,समाज सेवी जित बहादुर हमाल , सुमन खत्री ,माया कुवर ,पुण्य रत्न बज्राचार्य ,हिमालय वातवरण संरक्षण प्रा  लि का भुपाल आचार्य लगायत को टिम ,नेप्सेम्याक सेवा प्राली ,काठ्माण्डौ महानगर पालिका को फोहोर ब्यबस्थापन गर्ने गाडि, महानगरिय प्रहरी प्रभाग तिर्लिङ्ग टार ,समेत को सकृय सहभागिता मा अभियान सम्पन्न भएको छ ।

हप्तामा दुई घण्टा राष्ट्रको लागि, “हामिले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने”!भन्ने नाराको साथ शुरु भएको  वाग्मती सफाई महाअभियानको ३९७औं हप्ता  शंखमुलमा वाग्मती नदि सफाइ;शंखमुल नदिको बाटो सफाइ र सचेतना कार्यक्रम , हनुमान टोल सुधार समितिका अध्यक्ष,  टोलका व्यक्तिबाट हनुमान टोलको सफाइ, फोहरलाई कुहिने र नकुहिने गरि छुट्याएर, सफाइ  गरियो।

 ४००हप्ताको अवसरमा वाग्मती सफाइ अभियन्ता पार्कको शिलन्यास गर्ने गरि उपयुक्त ठाउँ खोज्ने बारेमा अभियन्ता बिच छलफलका गर्दै अधिकार सम्पन्न वाग्मती संग उपयुक्त ठाउँको लागि पहल गरिदिनु हुन अनुरोध पनि गरियो।

बागमती सफाई अभियान को एउटा खण्ड तिलगंगा सफाई को २७८औ साताको सफाई सम्पन्न भएको छ सामुदायीक प्रहरी र ससस्त्र प्रहरी बल पशुपति वीटका ईन्सपेक्टर बेद पनेरूको नेतृत्वमा बिस जना बताश फाउण्डेसन का कर्मचारी र अन्य अभियान्ता हरूको उपस्थिति मा घरदैलो साथै नदी मै छिरेर फोहोर उठाउने काम सम्पन्न गरियो ।

बिष्णुमती सरसफाई को  ३२६ औं हप्ताको  नियमित कार्यक्रम काठमाडौ महानगरपालिका वडा नं. १७ खुशिबु शाेभा भगवती मन्दिर देखि स्वयम्भू साईड तिर नयाँ पुल सम्म जनचेतनामूलक कार्यक्रम सहित सरसफाइ कार्य सम्पन्न गरियो ।

 सरसफाइ अभियानमा विश्वशान्ति तथा अाध्यात्म विज्ञान समाज , पातञ्जल योग समिति वाग्मती प्रदेश अध्यक्ष सुवर्णलाल चित्रकार  , बुद्धमहल याेग साधना केन्द्र ,  कुरुदया मार्शल अार्ट नेपाल , बाल उद्धान सामुदायिक सेवा समिति , नेप्सेम्याक सेवा प्रालि कम्पनी , परिवर्तन सेवा प्रालि र स्थानीयहरुकाे सक्रियता मा संपन्न भएको अभियान का मुख्य अभियान्ता शोभाकान्त पाण्डे ले बताएका छन् ।

गाेदावरीखोला क्षेत्र सरसफाइ अभियान को ९४ हप्ताको कार्यक्रम गोदावरी १४ ठैब मा गोदावरी अभियन्ताहरु

 नारायणी पाण्डे, गिता पुतवार,सुस्मिता घलान,पृया पुतवार, सबिना श्रेष्ठ ,सुरज श्रेष्ठ ,सुशीला श्रेष्ठ ,बेबि राजभण्डारीलगायत अन्य स्थानीय को सक्रियतामा सरसफाइ गरिएको छ भने गोदावरी १ धर्मटार मा गोदावरी अभियन्ता आश्मा थापा, दिलेन्द्र थापा, सुबोध थापा,मिरा थापा ,दुर्गा थापा लगायतले सार्बजनिक बाटो सरसफाइ गरेर अभियान सम्पन्न भएको छ

भर्खरै

सम्बन्धित खबर

Language »