सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यका सहित थप २७ जनामा संक्रमण पुष्टि,संक्रमितको संख्या ४ सय २ पुग्यो

काठमाडौं । थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका २७ मा २४ पुरुष र ३ महिला छन् । मंगलबार थपिएका ४ जना कपिलवस्तुका छन् भने झापामा ९ जना, काठमाडौंमा ३ जनालगायत छन् ।

थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् । यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »