सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपभोक्ताको चुलोसम्म स्वस्थकर कृषि उपज पुर्याउँदै गैर आवासीय नेपाली संघ

काठमाडाैँ । कृषिजन्य उत्पादनमा पछिल्लो समय अत्याधिक विषादी प्रयोग भई मानव स्वास्थमा गम्भीर असर पर्ने अवस्था सृजना भएको बेला गैर आवासीय नेपाली संघ संयुक्त सहकार्य कृषि प्रवर्द्धन समिति (JCAPC) र मुना कृषि लिमिटेडको संयुक्त प्रयासमा स्थानीयस्तर मै उत्पादन भएका र स्वस्थकर कृषि उत्पादनलाई उपभोक्ताको भान्छासम्म पुर्याउने पहल भई रहेको छ।

सरोकारवाला निकायसँगको सहकार्यमा सार्वजनिक निजि साझेदारी मोडलमा आफ्नो कार्य योजनालाई अगाडि बढाई रहेको यस कम्पनीले कृषिजन्य वस्तुको उत्पादन, संकलन, प्रशोधन र बजारीकरणलाई उच्च प्राथमिकतामा राखी आम उपभोक्तालाई दीर्घकालीन रुपमा स्वस्थकर कृषि उत्पादनको पहुँचमा पुर्याउने कम्पनीका अध्यक्ष युवराज गुरुङले बताएका छन्।

स्थानीय कृषकहरुबाट कृषिजन्य उत्पादनको संकलन गरी विषादी न्यूनीकरण गर्दै सामाजिक उत्तरदायित्व पूरा गरेर नाफा कमाउने लक्ष्यका साथ अघि बढेको यस कम्पनीले हालको बजार मूल्य मै होम डेलिभरी गर्न सकिने बताएको छ।

यस कम्पनीले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन विदेशमा बस्दा/काम गर्दा पाएको सीप, ज्ञान र लगानीलाई प्रयोग गर्ने निति लिएको कम्पनीको व्यवस्थापकको भूमिका निर्वाह गरि रहेकी सीता पाण्डेले बताएकी छिन्।

कोरोना भाईरस (Covid-19) को महामारीको कारण देश अस्तव्यस्त बनिरहेको बेला भौतिक दूरी कायम गर्न नसक्दा दिनानुदिन संक्रमणले तीव्रता लिईरहेको अवस्थामा यसरी घरघरसम्म स्वस्थ तरकारी पुर्याउँदा संक्रमण न्यूनीकरण गर्न पनि सहयोग पुग्दै आएको देखिन्छ। यसर्थ पनि यस्ता खाले व्यवस्थित बजार अव्यवस्थित रुपमा संचालन भई रहेका माछापोखरीस्थित सडक तरकारी बजारभन्दा हजार गुणा सहज, व्यवस्थित र सुरक्षित मान्न सकिन्छ।

बाँकी भिडियाे हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »