सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपमहानगरको सडक कालोपत्रे तत्कालिन शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईकै पालामा बनेको दाबी

नेपालगन्ज, तत्कालिन शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईका कारण नेपालगन्जका अधिकांश सडकहरु कालोपत्रे सम्भव भएको छ । नगरभित्र बनेको अधिकांश सडक संघीय सरकारकै बजेटबाट बनेको हुन् ।राई शहरी विकास मन्त्री हुँदा ठूलो परिमाणमा बजेट ल्याउन सफल भएका थिए ।

उन कै कारण नगरका टोल तथा बस्तिहरुमा पीच सडक पुगेको छ । नगरपालिका आफनै स्रोतमा एउटा पनि सडक कालोपत्रे बनेको छैन् । एडिबीले बनेका सडकहरु पनि शहरी विकास मन्त्रालय अन्तर्गत नै बनेको हुन् । पाँच सय मिटरका पक्की सडक प्रदेश सरकारको बजेटबाट निर्माण भएका छन् । कतिपय निर्माणाधिन छन् ।


नगरपालिकाको स्रोतले एउटा पनि सडक नगरभित्र नबनेको जसपाका जिल्ला उपाध्यक्ष राजन रानामगरले दावी गर्नुभयो । मेयर धवल शम्शेर राणाले नगरपालिकाले सडक बनाइरहेको र नाला बनाइरहेको भनेर अनावश्यक भ्रम फैलाएको उहाँको भनाइ छ ।

उहाँले नगरपालिका कार्यालयले केवल समन्वयमात्र गरेको होला तर सबै बजेट संघीय र प्रदेश सरकारले दिएर बाटो बनेका र बन्नेक्रममा रहेको उपाध्यक्ष रानाले बताउनुभयो । उहाँले सामाजिक संजाल फेसबुकमा लेख्नुभएको छ एशियाली विकास बैंक, संघीय सरकार ।


शहरी विकास मन्त्रालय र प्रदेश सरकारबाट बनेका कालोपत्रे बाटोलाई नेपालगन्ज उपमहानगरपालिकाले आफुले गरेको भनेर स्थानीय जनतालाई भ्रममा नपरौं, आफ्नो स्थानीय बजेटबाट एक मिटरपनि कालो पत्रे बाटो बनेको छ भने देखाउन चुनौति दिन चाहान्छु ।


आफुलाई विकास प्रेमी बताउने मेयर राणाले संघीय र प्रदेश सरकारले बनाएका सडकलाई नगरपालिका आफैले बनाएको भन्दै झुटको प्रचार गरेको स्थानीयहरुको भनाइ छ ।

भर्खरै

सम्बन्धित खबर

Language »