सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपमहानगरपालिकाले आफु केही नगरेर अरुलाई पनि गर्न नदिने वातावरण बनाएको समाजवादी पार्टी नगर समितिको ठहर

नेपालगन्ज, समाजवादी पार्टी नेपालगन्ज उपमहानगर कमिटिले मंगलवार एक प्रेस विज्ञप्ती प्रकाशित गरेर स्थानीय सरकारको रुपमा रहेको उपमहानगरपालिकाले हरेक जनताको घरदैलोमा राहात पुरयाउनु पर्ने, कोही पनि भोकै नबसोस भनेर खाद्यान्न वितरण गर्नुपर्नेमा आफू केही नगरेर अरुलाई पनि गर्न नदिने वातावरण बनाउँदै गएको जनाएको छ ।


समाजवादी पार्टीका नगर अध्यक्ष श्रवण यादवले हस्ताक्षर गर्नु भएको सो विज्ञप्तीमा वडाहरुले वितरण गरेका खाद्यान्नहरु केही वडामा कुहिएको र सडेगलेको वितरण गरेको पाईएको उल्लेख गर्दै यस्तो गम्भीर र जटिल अवस्थामा उपमहानगरपालिकाले आफ्नो दायीत्व र जिम्मेवारी पुरा नगरेको पार्टीको ठहर रहेको जनाईएको छ ।

एकद्धार प्रणालीबाट राहात वितरण गर्ने निर्णयको समाजवादी पार्टीले पुर्ण स्वागत र समर्थन गरेको जनाउँदै विज्ञप्तीमा अगाडी भनिएको छ–तर, निर्णय गरेर मात्र हुँदैन । सो निर्णयलाई तत्काल कार्यान्वयन गरेर नेपालगन्जमा कोही पनि भोकै बस्न नपरोस र कसैको पनि चुलो ननिभोस भन्ने ग्यारेन्टी गर्नु परयो ।

उपमहानगरले तत्काल हेल्प नम्बर जारी गरेर भोकै बस्न बाध्यहरुलाई सम्पर्क गर्न आग्रह गर्नु परयो । सबैको घरघरमा खाद्यान्न पुरयाउनु पर्यो । नगरपालिकाबाट जनताले राहात पाएनन् र भोकै बस्नु परयो भने त्यसको सम्पूर्ण जिम्मेवारी नगरपालिकाकै हुनेछ ।


विज्ञप्तीमार्फत लकडाउनले समस्यामा परेका सबै नगरवासीलाई राम्रो क्वालिटिको खाद्यान्न तत्काल पुरयाउन माग गर्दै, एकद्धार प्रणालीको समर्थन गर्दै, खाद्यान्न नपाएर कोही पनि भोकै बसेमा त्यसको जिम्मेवार नगरपािलकानै हुने चेतावनी दिंदै खाद्यान्न नभएर समस्यामा परेका सबै नगरवासीलाई उपमहानगरपालिकामा सम्पर्क गर्न आग्रह पनि गरिएको छ ।

नगरपालिकाले फेरी पनि आफ्नो जिम्मेवारी पुरा गर्न सकेन भने कसैलाई भोकै बस्न नदिने प्रतिवद्धा पुनः दोहोरयााउँछौ–विज्ञप्तीमा भनिएको छ ।


विज्ञप्तीमा अगाडी भनिएको छ – वडाहरुबाट वितरण भए गरिएका खाद्यान्न कुहिएको अतिनै न्यून गुणस्तरको हानिकारक भएको र अधिकांश गरिब र विपन्नले नपाएको, भाडामा बस्ने र विद्यार्थिले पनि नपाएको तथा आसेपासे र पहुँच भएकालाई मात्र वितरण गरिएको भन्दै जनताले आक्रोशित भएर कतिपय वडाहरुमा तालाबन्दी गरेका छन् भने कतिपयले उपमहानगरपालिकाको कार्यालय समेत घेराउ गर्दै आएका छन् ।

यस्तो जटिल अवस्थामा खान नपाएर भोकभोकै बस्न बाध्य भएका सर्वसाधारणलाई समाजवादी पार्टीले शुरुदेखिनै घरघरमा पुगेर उच्च क्वालिटिको खाद्यान्न पुरयाउँदै आएको जनाउँदै कोही पनि भोकै बस्नु नपरोस भन्ने पवित्र उदेश्यका साथ सामाजिक सन्जालमा हेल्प नम्बर नै दिएर खाद्यान्न वितरण गर्दै आएको विज्ञप्तीमार्फत जनाईएको छ ।


पुर्व शहरी विकास मन्त्री,समाजवादी पार्टीका केन्द्रिय सचिव तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईको व्यक्तिगत सहयोग र निर्देशनमा समाजवादी पार्टी बाँकेले लकडाउनको पहिलो सातादेखिनै खाद्यान्न अभाव भएर भोकभोकै बस्न बाध्य भएका नेपालगन्ज उपमहानगरपालिका भित्र बस्ने स्थानीय तथा बाहिरी जिल्लाका विद्यार्थि र अन्यलाई गुणस्तरीय खाद्यान्न वितरण गर्दै आएको पनि विज्ञप्तीमा जनाईएको छ ।

लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने, सानो सानो व्यवसाय गरेर गुजारा चलाउने, असहाय, अशक्त, बाहिरी जिल्लाबाट आई भाडामा बस्ने तथा विद्यार्थिहरु सबै भन्दा बढी प्रभावित बनेको जनाउँदै उनिहरुलाई भोकै बस्न नदिन उनिहरुको घर दैलोमा खाद्यान्न लगायतका राहात पुरयाउनु अहिलेको सबैभन्दा महत्वपूर्ण आवश्यकता र दायीत्व भएको समाजवादी पार्टी नेपालगन्जले जनाएको छ । (नेपालगन्ज एफएमबाट साभार )

भर्खरै

सम्बन्धित खबर

Language »