सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपमेर थापाले आफ्नो जन्मोत्सव मनाइन निलसागरमा

नेपालगन्ज, हरेक जन्मोत्सवमा जस्तै यस पटकको जन्मोत्सवमा पनि नेपालगन्ज उपमहानगरपालिकाकि उपमेयर उमा थापा मगरले आफ्नो जन्मदिन निलसागरमा मनाएकी छिन् ।

नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका बालबालिका लगायत बुवाआमासङ्ग उनले जन्मोत्सव मनाएकि हुन् ।

उपमेयर थापाले यसरी निलसागरमा आएर त्यहाँ बद्नु हुने बुवाआमाको आशीर्वाद लिएर उहाँहरुको सेवा र सानो सहयोग गरेर जन्मदिन मनाउन पाउँदा साट्न आफुलाई खुसि मिल्ने बताइन् ।

उनले आफ्नो जन्मोत्सवको अवसर पारेर आफ्नै व्यक्तिगत खर्चमा २ वोरी चामल,२ प्याकेट पिठो,५ के जी दाल,२ दर्जन विस्कुट,३ प्याकेट टफि,१ कार्टुन चाउचाउ,१ प्याकेट ग्लोव्स,२ प्याकेट माक्स र सेनिटाइजर वितरण गरेकी छिन् ।

भर्खरै

सम्बन्धित खबर

Language »