सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकता युवा क्लब पुरैनीले ३६ जनाले गरे रक्तदाता


नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–२२ स्थित एकता युवा क्लब पुरैनीले विश्व रक्तदाता दिवस जूनको अवसरमा तेस्रो पटक रक्तदान कार्यक्रम आयोजना गरियो ।


रक्तदान कार्यक्रम एकता क्लबको कार्यलय नेपालगंज उपमहानगरपालिका वडा नम्बर २२ मा गरिएको थियो जसमा ३६ जनाले रक्तदान गरेका थिए ।


जिल्ला समन्यव समिति बाँकेका सदस्य चेत बहादुर घर्ती, एकता युवा क्लबका अध्यक्ष राजेश कुमार यादव, मनोज कुमार मिश्र, अरुन कुमार शर्मा, दिनेश कुमार यादव, अजय गोडिया, युनुश बागवान, सुरज गोडिया, हरदेव जायसवाल, अर्जुन पासी, इमरान दर्जी, भण्डारी गोडिया, दिलिप सिंह ठकुरी, चन्दन भण्डारी, राहुल सिंह, पवन जायसवाल, अविशेक मिश्र, गौतम साहनी, धर्मपाल गोडिया, सुशील कुमार गुप्ता, सरोज कुमार मिश्र, लक्षमण गोडिया, सुनिता गोडिया, अमन गोडिया, धिरज गोडिया, राजु गोडिया, कृष्ण सिंह गोडिया, फागुलाल राँढ, राकेश पासी, ज्ञानेन्द्र बहादुर रोका, रोशन पौडेल, विनोद यादव, प्रवेश अधिकारी, कमलेश शाह, लगायत ३६ जनाले रक्तदान गरेको एकता युवा क्लबका अध्यक्ष राजेश कुमार यादव बताउनु भयो हामीले सामाजिक दुरीलाई कायम गरी रक्तदान कार्यक्रम गरेको र कार्यक्रम गर्नलाई क्लबका सदस्य र वडाबासीको सल्लाहमा कार्यक्रम गरेको सहयोगी हातहरुमा मंगल जिएम फलफुल, सहयोग गर्नु भएको थियो भने आशिष मल्ल ठकुरीले फ्रुटी, क्लब सल्लाहकार चेत बहादुर घर्ती र भण्डारीलाल गोडियाले नास्ता, एस के दूध डेरी दही र एटीएम न्युजका अध्यक्ष अशोक थापा मगरले पानीको व्यवस्थापन र तिलकराम साहु लगायतले सहयोग गर्नु भएको थियो सबै सहयोगीहरुलाई धेरै धेरै धन्यवाद क्लबका अध्यक्ष राजेश कुमार यादवले दिन भएको थियो ।


उक्त रक्तदान कार्यक्रममा तत्कालिन जिल्ला विकास समितिका सभापति ओम जंग राणाको नेतृत्वमा कार्यक्रम सुरु भएको थियोे भने अतिथिहरु खिम बहादर आले नेकपा नेता, सन्त निरङकारी मण्डल बाँकेका अध्यक्ष शिव प्रसाद गोडिया, राप्रपा बाँके युवा संघका अध्यक्ष हुकुम केसी, राप्रपा बाँके युवा संघका सचिव अरुण शर्मा , समाजसेवी बिरेन्द्र गहतराज लगायतको उपस्थिति रहेको थियो भने प्राविधिकमा नेपाल रेडक्रस सोसाइटी बाँके द्वारा संचालित क्षेत्रीय रक्त संचार सेवा केन्द्रका होमराज गिरी, सुनिल रत्गैया, हिमाँशु मौर्या, रविन्द्र कुमार मिश्र, संजय बढही र बीरेन्द्र योगीले सहयोग गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »