सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकैदिन ४ सय ४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय जना ४८ संक्रमित थपिएका हुन् । संक्रमितमा ४ सय २४ पुरुष र २४ महिला छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ५ हजार ६२ पुगेको छ । तीमध्ये ८७७ जना उपचारपछि निको भएका छन्। जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् भने १६ जनाको मृत्यु भएको छ।

शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा राखिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »