सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकैदिन ४ हजार ३ सय ९२ संक्रमित थपिए, संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुग्यो

काठमाडाैं । देशभर थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ३ सय ९२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

त्यस्तै कोरोनाबाट ३ हजार ५२२ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३७ हजार ३८२ सक्रिय संक्रमित छन्।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ। आज मात्र थप मृतक २१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गरिएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »