सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एक्टिभ ईन्टरटेनमेन्टको आयोजनामा मैत्रीपुर्ण भलिबल संपन्न

काठमाडौं । कोरोना भाइरस ( कोभिड –१९ )को कारण परेको मानसिक प्रभावलाई हटाएर दैनिक जिवन ब्यबहारलाई सहज बनाउने उदेश्यले एक्टिभ ईन्टरटेनमेन्टको आयोजनामा मैत्रीपुर्ण भलिबल संपन्न भएको छ ।

वरीष्ठ हास्य कलाकार तथा निर्देशक सुभाष गजुरेल को प्रमुख आतिथ्य ,समाजसेवि सुनिता थापा , दुर्गा लम्साल ,गोपिकृष्ण हुमागाईं को आतिथ्यमा संपन्न  मैत्रीपुर्ण भलिबल खेल मा आयोजक  एक्टिभ ईन्टरटेनमेन्ट र कोचे मिडियाको एक टिम तथा बसबपार्क को ग्राउण्ड बाट एक टिम गरी दुई टिमको मात्र खेल भएको थियो ।

लकडाउन पछाडिको पहिलो खेल भएकोले टिम कम भएको आयोजक बिजेन्द्र नौबागे ले बताउनु भयो।

खेलमा आयोजक टिमलाई बसपार्क ग्राउण्ड टिमले २- 0 को अन्तरले जितेको थियो

बिजयी टिम तथा खेलाडी हरुलाई प्रमुख अतिथिको हात बाट प्रमाण पत्र र खादा ओडाएर सम्मान गरीएको थियो।

स्वास्थ्यको लागि खेल , भ्रष्टाचार बिरुद्ध खेल ,खेल खेलौं स्वस्थ बनौं भन्ने मुल नाराको साथ सुरु गरिएको यो खेल आगामि हप्ताको शनिवार पनि नियमित हुने आयोजक पक्षले जनाएको छ।

सारा खबर , संवाददाता डटकम ,कोचे नेपाल,आईडिया खबर ,तथा एमएमएस  ईन्टरटेनमेन्ट यो कार्यक्रमकको मिडिया पार्टनर को रपमा रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »