सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एक दिन

कबिता

डि बि पराजुली

तिम्रो लुटको महल

भत्कनेछ एकदिन।

तिम्रो झुटको पर्दाफास हुने छ 

त्यहि दिन ।

बुझीराख्दा राम्रो

पर्दा पछाडीको तिम्रो कालो स्वरुप

मनका  भित्ता भित्तामा

देखिनेछन् त्योदिन ।

तिमिले मलाई झुक्यायौ ,

तिमिले उसलाई पनि  झुक्यायौ ।

आफैंलाई त  झुक्याएका छैनौ होलानि ?

आफ्नै मन भित्रको  रापमा

जलेर मर्ने छौ एकदिन ।

तिम्रो लुटको  महल

भत्कनेछ एकदिन ।

तिमिले भित्ताको भगवानलाई झुक्यायौ ।

मन्दिर को मुर्ती लाई पनि झुक्यायौ

आफ्नै मनको  देवतालाई त 

झुक्याएका छैनौ होलानि?

उसकै श्राप लागेर

मर्नेछौ एकदिन ।

आफ्नै मन भित्रको  रापमा

 जलेर  मर्नेछौ मर्नेछौ एकदिन ।

तिम्रो लुटको महल 

भत्कनेछ  एकदिन ।

पक्कै पनि  भत्कनेछ एकदिन ।

भर्खरै

सम्बन्धित खबर

Language »