सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एक साहसिक आमा : जसले ७ बर्षिय छोरोलाई चितुवाको मुखबाट खोसेर ल्याइन्

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाफाटमा बुधबार साँझ एक बालक घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने ७ वर्षीय अनुप नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर नजिकै भएको विवाहमा आमासँग रमाइलो हेर्न हिँडेका नेपालीलाई विवाहमा घर पुग्नै लाग्दा बाटोमा चितुवाले आक्रमण गरी घाइते बनाएको हो।

बाबु, आमा र छोरासंगै बाटोमा हिडिरहेका बेला चितुवाले एक्कासि छोरालाई आक्रमण गरेको स्थानीय राम प्रसाद तिवारीले जानकारी दिए । आमाले ७ वर्षीय छोरालाई चितुवाको मुखबाट खोसेको समेत तिवारीले जानकारी दिए । चितुवालाई आमाले ढुङ्गाले हानेपछि भागेको उनले बताए।

चितुवाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ । बालकको अवस्था गम्भीर रहेको र उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित बनेका छन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क छ ।

बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएको प्रहरीले जानकारी दिएको छ ।

चितुवाको आक्रमण बढ्दै गएपछि स्थानीयवासी र वन कार्यालयले चितुवा नियन्त्रणमा लिने योजना बनाएको छ । हालसम्म जिल्लामा सात वटा चितुवा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »