सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एथ्लेटिकोलाई पराजित गर्दै लेइप्जिग च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

जारी सिजन २०१९-२० च्याम्पियन्स लिगको जर्मन क्लब अरबी लेइप्जिग स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगलको लिस्बन स्थित स्टाडियो जोसे एल्भालडेमा भएको सो खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको ५० औं मिनेटमा कप्तान मार्सेल साबिट्जरको क्रस पासलाई सदुपयोग गर्दै ड्यानी ओल्मोले हेडमार्फत आकर्षक गोल गर्दै लेप्जिगलाई सुरुवाती अग्रता दिलाए ।

७१ औं मिनेटमा लुकास कोल्स्टरम्यानले जाओ फिलिक्लाई डिबक्स भित्र फल गरेपछि एथ्लेटिकोले पेनाल्टीको मौका पायो । जाओ फिलिक्सले सो पेनाल्टीको सदुपयोग गर्दै एथ्लेटिकोलाई १-१ को बराबरी स्थितिमा फर्काए ।
खेलको अन्तिम समयतिर ८८ औं मिनेटमा टाइलर एडम्सले गोल गर्दै टोलीलाई जित दिलाए । उनको गोलमा एन्जेलीनोले असिस्ट प्रदान गरेका थिए । यस जितसँगै अरबी लेइप्जिग च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ । अब उसले सेमिफाइनलमा फ्रेन्च क्लब पि एस जि सँग खेल्नेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »