सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘एमसीसी संशोधन अमेरिकालाई अमान्य’

संघीय राजधानी काठमाडौंबाट बुधबार प्रकाशित दैनिक अखबारहरूको प्राथमिकतामा विविध विषय परेका छन् ।

‘एमसीसी संशोधन अमेरिकालाई अमान्य’ शीर्षकमा अन्नपूर्णले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सम्झौता कार्यान्वयन चरणमा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी अमेरिकाले दिएको छ ।

एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारूढ दलका नेतालाई भेटेर यसबारे प्रष्ट पारेको अन्नपूर्णको दाबी छ ।

एमसीसीलाई लिएर पछिल्लो समय नेकपाभित्रै विवाद छ । सम्झौता संशोधन गरी अनुमोदन गर्न सकिने चर्चा भइरहेका बेला अमेरिकाले यस्तो चेतावनी दिएको हो ।

चीनबाट कसरी ल्याइँदैछ नेपाली विद्यार्थी भन्ने प्रश्नको जवाफ पनि अन्नपूर्णले खोजेको छ । दिल्ली विधानसभा निर्वाचनको परिणामलाई अन्नपूर्णले एंकर बनाएको छ । मंगलबार सम्पन्न मतगणनामा आम आदमी पार्टीले अत्यधिक बहुमतसाथ जित हासिल गरेको छ ।

सम्पदा जोगाउन खाली खुट्टासहित गरिएको प्रदर्शनको तस्वीर छापेको कान्तिपुरले तुइन तर्न १०० रुपैयाँ तिर्नुपर्ने हुम्लाको बाध्यताबारे समाचार प्रकाशित गरेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले तुइन तर्नकै लागि चर्को शुल्क तिर्ने गरेका हुन् । कान्तिपुर लेख्छ– पैसा नहुनेले कर्णाली वारपार गर्न पाउँदैनन् ।

विद्यार्थी पढाउन नोबेल मेडिकल कलेजले गरेको अटेरीबारे पनि कान्तिपुरले समाचार छापेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »