सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमालेबाट निर्वाचित सांसद खत्रीको घोषणा


नेपालगञ्ज, बाँके प्रदेशसभा ३(१) बाट निर्वाचित प्रदेशसभा सांसद रत्न  खत्रीले  निर्वाचन क्षेत्र अन्तर्गतका अति विपन्न तीन घरपरिवारका बालबालिकालार्ई ५ बर्षसम्म अध्ययन अध्यापनको सम्पूर्ण जिम्मेवारी वहन  गर्ने घोषणा गर्नुभएको छ ।

आईतबार नेकपा एमाले निर्वाचन परिचालन कमिटीको बैठकमा एमाले बाँकेका सचिव समेत रहनुभएका सांसद खत्रीले निर्वाचन क्षेत्र अन्तर्गतका दलित मधेसी–मुस्लिम र थारु समुदायका १÷१ जना गरी ३ जना विद्यार्र्थीको ५ बर्ष सम्म अध्ययन अध्यापनको सम्पूर्ण जिम्मेवारी आफुले वहन गर्ने घोषणा गर्नुभयो । खत्रीले पार्टी कमिटीले अति विपन्न घरपरिवारका बालबालिकाको पहिचान गरि छनौंट गर्ने बताउनुभयो । यसैगरी खत्रीले जनतासँगको सम्वन्धलाई बलियो बनाउन निर्वाचन क्षेत्रमै सम्पर्क कार्यालय स्थापना गरि समन्वयको काम अघि बढाउने बताउनुभयो । सम्पर्क कार्यालयमा समन्वयका लागि एकजना कर्मचारीको ब्यवस्था गर्ने उहाँको भनाई छ ।
खत्रीले निर्वाचनको समयमा प्रत्येक महिनामा एकदिन निर्वाचन क्षेत्र अन्तर्गतका हरेक वडाका गाउँवस्तीमा प्रत्यक्ष पुगेर निरन्तर जनतासँग अन्तरक्रिया गरि अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ  । निर्वाचन परिचालनक कमिटीका संयोजक तथा एमाले प्रदेश कमिटीका सदस्य घननाथ खनालले निर्वाचनका समयमा जनतासँग गरिएका प्रतिवद्धता पुरा गर्न निर्वाचित सांसदसँगै पार्टी कमिटी पनि प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । 

भर्खरै

सम्बन्धित खबर

Language »