सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमाले ,कांग्रेस र माओवादी अब कुनै राजनीतिक पार्टी रहेनन् ,यिनी हरुको नाम परिवर्तन गरेर प्रचण्ड एण्ड कंपनी,ओली एण्ड कम्पनी र देउवा एण्ड आरजु कम्पनी राखेर कम्पनी रजिष्टार कार्यालय मा दर्ता गरे हुन्छ

मन्दिरा शर्मा पौडेल ।
उमेदवारी दर्ता कार्यक्रम सकिए सगै आउने चुनावबाट पुर्ण राजनीतिक परिवर्तन हुने सम्भावना न्यून देखिएको छ । एकतिर स्वतन्त्र तथा वैकल्पीक शक्तिहरू आपसमा समन्वय गरेर मिल्न नसक्दा समानुपातिक वितरण हुन सकेन सबै क्षेत्रमा,एउटै क्षेत्र मा जुधिरहेका छन् कतै भने कुनै क्षेत्र मा शून्यता को स्थिति छ भने अर्को तर्फ परम्परागत ठूला भनिएका दल हरुले टीके प्रथा लाई कायम राख्दै आफ्नो पाउ मोल्ने र धेरै दक्षिणा टक्र्याउन सक्ने लाई मात्र खल्ती बाट टिकट वितरण गरेका छन्।् ।
यस्तो अवस्था मा अब हामीले राजनीतिक पार्टीहरु भित्रका कुपात्रहरु हराउने अभियान चालू गर्नुपर्नेछ र गर्नै पनि पर्छ यदि राजनीति मा सुधार ल्याउने हो भने। राजनीतिक परिवर्तनको सबैभन्दा ठुलो टर्निङ प्वाइन्ट भनेको डडेल्धुरा नै हो ।
शेरबहादुर देउवालाई हराउन सके मात्रै पनि ठुलो राजनीतिक परिवर्तन सम्भब छ। हामी सबैले डडेल्धुरा वासीहरु लाई एकपटक शेरबहादुर देउवालाई हराएर देशलाई जिताउन को लागि स्थानिय मतदातालाई सबैले आग्रह गर्ने अभियान चलाउनु पर्छ त्यसको लागि उपयुक्त उम्मेदवार सागर ढकाल लाई बनाउन सकिन्छ।शेरबहादुर लाई हराउनै पर्छ भन्दै गर्दा केपी ओली, प्रचण्ड, झलनाथ खनाल,माधव नेपाल,उपेन्द्र यादव जस्ता लाई जित्ने छुट दिनु पर्छ भन्ने कदापि हैन उनीहरूलाई नी ठाउँको ठाउँ रोक्ने कोसिस चाहिँ गर्नु पर्छ ।
एमाले ,कांग्रेस र माओवादी अब कुनै राजनीतिक पार्टी रहेनन् ,यिनी हरुको नाम परिवर्तन गरेर प्रचण्ड एंड कंपनी,ओली एंड कम्पनी र देउवा एंड आरजु कम्पनी राखेर कम्पनी रजिष्टार कार्यालय मा दर्ता गरे हुन्छ । अबको मुख्य चुनौती भनेको स्वतन्त्र तथा वैकल्पिक दलका उम्मेदवार हरु एकापसमा नजुधी एक अर्काको सहअस्तित्व स्वीकार गर्दै सबै भन्दा योग्य र लोकप्रिय १ जनालाई समर्थन गर्दै जीत को लागि मार्ग प्रसस्त गर्दिनु पर्छ वा त्यसको समन्वयकारी भूमिका बौद्धिक व्यक्तित्व हरुले गर्दिनु पर्छ नत्र त्यसको प्रत्यक्ष फाइदा तिनै भ्रष्ट उम्मेदवार ले नै लिने छन् ।उदाहरण को लागि काठमाडौं १ मा पुकार बम रमेश खरेल जुध्नु भनेको प्रकाशमान सिंह लाई सपोर्ट गर्नु जस्तै हो भलै त्यो दौड मा रवीन्द्र मिश्र पनि छन् । त्यस्तै काठमांडू ५ मा हेमराज थापा र रञ्जु दर्शना भिडी रहँदा ईश्वर पोखरेल लाई नै फाइदा हुने हो जसलाई जसरी नी रोक्नै पर्ने अवस्था हो। यस्ता उदाहरण धेरै छन् , त भन्दा म राम्रो योग्य भन्न छोडेर म भन्दा उ योग्य र ठीक छ भन्न नसक्नु कता कता एउटा एक किसिमको दम्भ देखिन्छ स्वतन्त्र र वैकल्पिक उम्मेदवार हरुमा नी ।
जे होस् मंसिर ४ पछि पटक पटक दोहोरिएर केही गर्न नसकेका र देशलाई श्रीलंका को बाटोमा लैजान अनि मुलुक को अस्तित्व बेच्न तयार भएका हरुलाई फेरि नी संसद भवन भित्र देख्न नपरोस् भन्ने कामना गरौं अहिले लाई।आफूले सकेको आफ्नो ठाउँ बाट अभियान चलाउ यो पटक मत चिन्ह मात्र परिवर्तन गरे पुग्छ यदि सही मानेमा परिवर्तन चाहने हो भने ।

भर्खरै

सम्बन्धित खबर

Language »