सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा एमालेको ३८१ सदस्यिय निर्वाचन परिचालन कमिटी गठन


खजुरा, नेकपा ( एमाले ) बाके क्षेत्र न-३ बाकेको क्षेत्रीय कमिटी को बैठक खजुरामा सम्पन्न भएको छ। नेकपा ( एमाले ) का नेता कमरेड बाबुराम गौतम को प्रमुख आथिथ्यतामा सम्पन्न बैठकले बाबुराम गौतम संयोजक, नन्द बिश्वकर्मा र पदम धिताल सह( संयोजक ) करिम खान सचिव रहने गरि ३८१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।


बैठकद्वारा जिल्ला प्रचार बिभाग प्रमुख सतिश निरौला संयोजक र सचिवालय सदस्य किशोर थापा सह( संयोजक ) रहनेगरी प्रचारप्रसार उपसमिती, किरण ढकाल संयोजक रहेको घोषणा पत्र निर्माण समिती , दिपकराज अधिकारी संयोजक बिज्ञान कक्षपती र इन्द्रबहादुर थापा सह( संयोजक) रहेको आर्थिक उपसमिति , तिलकवीर सुनार संयोजक रहेको युवा परिचालन समिति बिमल मल्ल संयोजक रहेको बिद्यार्थी परिचालन समिति समेत गठन गरिएको छ ।


बैठक ले सम्पुर्ण पार्टी पङ्तिलाइ एकढिक्का भएर निर्वाचनको अभियानमा जुट्न आव्हान गरेको छ, असोज २७ गते प्रदेशको बैठक र ३१ गतेसम्म क्षेत्र भरिका सबै वडा कमिटीहरु बैठक सम्पन्न गर्ने निर्णय बैठकद्वारा गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »