सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एम्बुलेन्सलाई आक्सिजन सिलण्डर र स्वास्थ्य सामाग्री वितरण


प्रहलाद विश्वकर्मा
नेपालगंज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा र उपशाखाले संचालन गरिरहेका र कोरोना संक्रमण भएका ब्यक्तिहरुको लागि तोकिएका अन्य २ संस्थाका एम्बुलेन्सलाई स्वास्थ्य उपकरण र सुरक्षा सामाग्री वितरण गरिएको छ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले एम्बुलेन्स चालकलाई उल्लेखित सामाग्री हस्तान्तरण कार्यक्रममा कोभिड १९ रोकथामका लागि रेडक्रसले गरेको सहयोग र सहकार्र्यको लागि धन्यवाद दिदै आगामी दिनमा अझै सक्रिय भएर स्वयंसेवक परिचालन गर्न आग्रह गर्नु भयो ।
नेरेसोका केन्द्रीय सदस्य अजीतकुमार शर्माले यो महामारी रोकथामका लागि रेडक्रसले केन्द्र देखि स्थनीय स्तरसम्ममा जनचेतना जागरण, आवासीय सामाग्री वितरण र स्वयंसेवक परिचालन गरेको जानकारी गराउनु भयो ।


नेरेसो बाँके शाखाका सभापति गोवर्धनसिंह सम्झनाले बाँके जिल्लामा स्थापना भएका क्वारेन्टाइन व्यवस्थापनका लागि करिब १२ लाख बराबरको आवास र सरसफाईका सामाग्री उपलब्ध गराईएको बताउनु भयो ।


उक्त कार्यक्रममा नेरेसो कोहलपुर, कचनापुर, बागेश्वरी उपशाखा, साइनिङ्ग अस्पताल र नेपाल न्यू भिजनका एम्बुलेन्स चालकलाई प्रति एम्बुलेन्स आक्सिजन सिलण्डर १० कि।ग्रा।को १, सर्जिकल मास्क ५० थान, सेनिटाइजर ५०० एमएलको २÷२ बोतल र ग्लोबस ५०÷५० थान वितरण गरिएको थियो ।


यसका साथै यस विषम परिस्थितिमा कोरोना भाईरबाट मानिसहरुको मृत्यू भएमा मृतकको शव व्यवस्थापन गर्न ५ थान शव व्यवस्थापन व्याग जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ रामबहादुर कुरुङ्गबाङ्गलाई नेरेसो बाँके शाखाका सभापतिले हस्तान्त्ररण गर्नु भएको थियो । जिल्ला विपद् ब्यवस्थापन समितिलाई यसअघि नै २० थान शव ब्यवस्थापन ब्याग हस्तान्तरण गरिसकिएको छ ।


उक्त कार्यक्रममा बाँके रेडक्रसले गर्दै गरेका गतिविधि र कोरोना प्रतिकार्यका लागि भइरहेको कार्यहरु नेरेसो बाँके शाखाका बरिष्ठ जिल्ला शाखा अधिकृत दोल बहादुर डाँगीले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा सुरक्षा निकायका प्रमुख, नेरेसो बाँके शाखाका पदाधिकारी सदस्यहरु, कर्मचारीहरु र एम्बुलेन्सहरुको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »