सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एयर इण्डियाको उडानलाई अमेरिकाको प्रतिबन्ध,भेदभावपूर्ण व्यवहार गरेको आरोप

काठमाडौं / ११ असार

अमेरिकाले भारतको सरकारी एयरलाइन्स एयर इण्डियाले भेदभादपूर्ण व्यवहार गरेको आरोप लगाउँदै उद्धार अभियान अन्तर्गतका उडानहरूलाई प्रतिबन्ध लगाएको छ ।

यो प्रतिबन्ध दुबै संयुक्त राज्य अमेरिकाबाट भारत र भारतबाट संयुक्त राज्य अमेरिका उडाउनमाथि लगाइएको हो । अमेरिकाको यातायात विभागले भनेको छ, ‘एयर इण्डियाले उडानका लागि टिकटहरू पनि बिक्री गरिरहेको थियो, जसको अर्थ ती उडानहरू उद्धार उडान वा स्वदेश फिर्ताको उडान होइनन्।’

अमेरिकाले भारतले अमेरिकी एयरलाइन्सलाई यो सुविधा दिइरहेको छैन, यद्यपि अमेरिकी कम्पनीहरूले पनि भारतलाई अपील गरेको समेत स्मरण गराएको छ ।

कोरोना भाइरस फैलिएपछि एयर इण्डियाले अमेरिका र अन्य देशहरूमा फसेका भारतीय नागरिकहरूलाई फिर्ता ल्याउन उद्धार अभियान चलाइरहेको छ । हालसम्म अमेरिकाको यो निर्णयमा एयर इण्डियाबाट कुनै प्रतिक्रिया आएको छैन।
-एजेन्सीको सहयोगमा

भर्खरै

सम्बन्धित खबर

Language »